mobile

नेपाली सेनाद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

By RSS on Dec 06,2018 - 13:25

नेपाली सेनाले डोटीको केआइसिंह गाउँपालिका–६ र ७ को सेलेनामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । असहाय र अशक्त नागरिकको सेवा गर्ने उद्देश्यले उक्त शिविर सञ्चालन गरिएको गुरुबक्स गुल्मका गुल्मपति किशोर खड्काले बताउनुभयो । 

श्रीनम्बर ५ फिए अस्पताल, गुरुबक्स गुल्म र केआइसिंह गाउँपालिका–६ र ७ को संयुक्त आयोजनामा उक्त सञ्चालित शिविरमा करीब ४०० जनाको निःशुल्क उपचार गरिएको थियो । सेनाले गाउँमै शिविर सञ्चालन गरेकामा खुशी लागेको स्थानीय जगतबहादुर बलायरले बताउनुभयो । उहाँले भन्नुभयो, “कतिपय आँखा तथा अन्य रोग उपचारका लागि अन्यत्र जानुपर्ने अवस्था थियो, सेनाको शिविरमार्फत गाउँमै सेवा पायौँ खुशी भएका छौँ ।” 

शिविरमा नाक, कान, आँखा, घाँटीलगायत रोगको उपचार गरिएको सेनाका डाक्टर सुमन थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “निःशुल्क शिविर जिल्लाका अन्य ठाउँमा पनि गर्नेछौँ ।” उक्त शिविरमा आएका बिरामीलाई निःशुल्क औषधिसमेत वितरण गरिएको थियो । (रासस)

ट्याग -  निःशुल्क स्वास्थ्य शिविर

SUGGESTED ARTICLES

img
लुकाइछिपाइ लैजान लागेको युरोसहित पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चितवनको भरतपुर जान लागेका एक व्यक्ति आज आठ हजार यूरोसहित पक्राउ परेका छन् । भरतपुर महानगरपालिका–५ बस्ने नेपालीमूलका बेल्जियम नागरिक रामचन्द्र सुवेदीलाई लुकाइछिपाइ लैजान लागेको यूरोसहित पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । विमानस्थलको आन्तरिक उडानतर्फको प्रस्थान क्षेक्रमा शरीर खानतलासी गर्ने त्रममा उक्त युरो फेला पारी पक्राउ गरिएको हो ।


by RSS | May 17

img