mobile

देश समृद्ध बनाउन स्थानीय तहको विकासमा जोड

By RSS on Dec 06,2018 - 13:32

सात सय ५३ स्थानीय तहलाई समृद्ध बनाउन नसक्दासम्म समृद्ध राष्ट्र निर्माण गर्ने सपना पूरा नहुने बताइएको छ । विकास पत्रकार मञ्च र गाउँपालिका राष्ट्रिय महासङ्घले बुधबार आयोजना गरेको स्थानीय सरकारका सवालमा आमसञ्चार विषयक कार्यशालामा महासङ्घका अध्यक्ष होमनारायण श्रेष्ठले देशको विकास गर्ने हो सबै स्थानीय तहको विकासको लागि एक भएर लाग्नुपर्ने बताउनुभएको हो । 

श्रेष्ठले भन्नुभयो, “सञ्चारमाध्यम पछिल्लो समय नकारात्मक विषयमा मात्र केन्द्रित भएको भन्दै सकारात्मक समाचारको खोजी गर्नतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा वरिष्ठ पत्रकार मोहन मैनालीले सानासाना समाचारमा भन्दा पनि समाजमा सकारात्मक परिवर्तन ल्याउने किसिमका खोजी समाचार गर्नतर्फ पत्रकार केन्द्रित हुनुपर्ने धारणा राख्नुभयो । अन्नपूर्ण पोष्ट दैनिकका प्रधानसम्पादक हरिबाहदुर थापाले देश विकासको मुख्य खम्बा विद्यालयको स्तर उन्नतिमा वृद्धि र सबै जनतामा स्वास्थ्यको पहुँच हुने हो भने विकासले गति लिने सुझाव दिनुभयो । कार्यक्रममा सहभागीले विकासको काम गर्दा जनताको सहभागितामा गरिनुपर्ने, जनप्रतिनिधि र कर्मचारीबीच सहकार्यको भावना हुनुपर्नेसँगै सुशासन र विकासलाइ आत्मसात् गरिनुपर्ने धारणा राखेका थिए । (रासस)

ट्याग -  स्थानीय तह , विकास

SUGGESTED ARTICLES

img
नागरिकतासम्बन्धी विवाद पुनः संयुक्त इजलासमा

सर्वोच्च अदालतले जन्मसद्धि नागरकिता लएिका नागरकिका सन्तानलाई वंशजको नागरकिता दनिे वषियमा पूर्ण सुनुवाइका लाग िसंयुक्त इजलासमा छलफलका गर्न आदेश जारी गरेको छ । न्यायाधीशहरु ईश्वर खतविडा, सुष्मालता माथेमा र कुमार रेग्मीको पूर्ण इजलासले आज सो वषियमा पुनःसुनुवाइका दुई न्यायाधीशको इजलासबाट न्याय नरिुपण हुने आवश्यक ठानी सो आदेश जारी गरेको हो ।


by RSS | May 17

img