mobile

‘ए’ डिभिजन लिग : आज दुई खेल

By RSS on Dec 06,2018 - 13:39

शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज दुई खेल हुँदैछन् । 

सातदोबाटोस्थित एन्फा मैदानमा हुने छैटौँ चरणको अन्तिम दिनको खेलमा आज फ्रेण्ड्स क्लबले त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । दोस्रो खेलमा ब्रिगेड ब्वाइज क्लबले मछिन्द्र क्लबसँग खेल्नेछ । लिगको उपाधि दाबेदार विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई फ्रेण्ड्सविरुद्व जीत निकाल्दै तालिकाको दोस्रो स्थानमा उक्लिने मौका छ । पहिलो खेलमा न्यूरोड टिम (एनआरटी) सँग २–२ को बराबरीमा रोकिएपछि आर्मीले लगातार चार खेलमा जीत हात पारेको छ । 

आर्मी पाँच खेलबाट १३ अङ्कसहित तालिकाको चौथो स्थानमा छ । फ्रेण्ड्स चार अङ्कसहित तालिकाको १०औँ स्थानमा छ । ब्रिगेड पाँच खेलबाट तीन अङ्क जोडेर १२औँ स्थानमा रहँदा मछिन्द्र दुई अङ्कका साथ तालिकाको १३औँ स्थानमा छ । (रासस)

ट्याग -  ‘ए’ डिभिजन लिग

SUGGESTED ARTICLES

img
जावलाखेल विजयी

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आज भएको खेलमा जावलाखेल युथ क्लबले सशत्र प्रहरीको एपिएफ क्लबलाई पराजित गरेको छ । हल्चोकस्थित एपिएफको मैदानमा जावलाखेलले एपीएफलाई १–० गोल अन्तरले हराएको हो । जावलाखेलका लागि विदेशी खेलाडी ओलालेकन आफिज लावलले निर्णायक गोल गरे ।


by RSS | Dec 13

img