mobile

धितोपत्र बजारसम्बन्धी अध्ययन गराउन बोर्डको आग्रह

By RSS on Dec 06,2018 - 15:58

पूँजी बजारको विस्तार तथा विकासका लागि विद्यालय तथा विश्वविद्यालयतहमा धितोपत्र बजारसम्बन्धी विषय पाठ्यक्रममा राखेर अध्ययन अध्यापन गराउन नेपाल धितोपत्र बोर्डले आग्रह गरेको छ । बोर्डका प्रवक्ता नीरज गिरीले माध्यमिक र विश्वविद्यालयका स्नातक तथा स्नातकोत्तर तहमा धितोपत्र बजारसम्बन्धी विषयवस्तु समावेश गर्न आग्रह गरिएको जानकारी दिनुभयो । बोर्डले त्रिभुवन विश्वविद्यालयअन्तर्गतका मानविकी तथा समाजशास्त्र, व्यवस्थापन, कानून सङ्काय, डीनको कार्यालय र पूर्वाञ्चल, पोखरा, मध्य पश्चिमाञ्चल र काठमाडौँ विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्टलाई आग्रह गरेको छ । 

लोकसेवा आयोगलाई समेत धितोपत्र बजारसम्बन्धी विषयलाई आफ्ना पाठ्यक्रमममा समावेश गर्न आग्रह गरेको बोर्डको भनाइ छ । सरकारले वित्तीय क्षेत्र विकास रणनीतिमा पूँजी बजारमा आम जनताको सहभागितालाई प्रोत्साहन गर्ने रणनीति लिएको छ । बोर्डको चालू आर्थिक वर्षको धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रममासमेत उक्त विषय समावेश गरिएको छ । देशका ७७ जिल्ला र ७५३ स्थानीय तहमध्ये करीब ७०० तहमा धितोपत्रको प्राथमिक बजारको पहुँच पुगेको छ । धितोपत्रको दोस्रो बजार नयाँ स्वचालित अनलाइन कारोवार प्रणाली सञ्चालनमा आइसकेको छ । नेपालको धितोपत्र बजार विस्तार हुने क्रममा रहेको र नेपालको बजार देशको समग्र वित्तीय प्रणालीको अभिन्न अङ्ग भएकाले पनि अध्ययन अध्यापन गराउनु जरुरी रहेको बोर्डको भनाइ छ । (रासस)

ट्याग -  धितोपत्र बजार

SUGGESTED ARTICLES

img
तीन महीनाभित्र लेखा परीक्षण गराउन निर्देशन

प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले लेखापरीक्षण हुन बाँकी रहेका सङ्गठित संस्थाको आगामी तीन महीनाभित्र लेखा परीक्षण गराउन निर्देशन दिएको छ । समितिका सभापति भरतकुमार शाहको अध्यक्षतामा आज बसेको बैठकले बेरुजु फछ्र्योटमा कार्ययोजना बनाई कार्य सम्पन्न गर्न र समयमै सम्परीक्षण गराई सोको प्रगति मासिकरुपमा समितिमा पेश गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको हो । 


by RSS | Feb 20

img