mobile

उपाधि दाबेदार आर्मीलाई फ्रेण्डसले रोक्यो

By RSS on Dec 06,2018 - 16:07

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधि दाबेदारका रुपमा रहेको विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई फ्रेण्डस क्लबले गोलरहित बराबरीमा रोकेको छ । सातदोबाटोस्थि एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्सको खेल मैदानमा आज भएको खेलमा फ्रेण्डसले आर्मीलाई गोलरहित बराबरीमा रोकेपछि दुवै टोलीले अङ्क बाँडे । खेलमा आर्मीको आधा दर्जनभन्दा बढी प्रहारलाई फ्रेण्डसका गोलरक्षक देव लिम्बूले विफल बनाइदिएका थिए । यस खेलसँगै ६ खेल खेलेको आर्मी चार जीत र दुई बराबरीसँगै १४ अङ्क जोडेको छ । लिगको अङ्क तालिकामा भने आर्मी चौथो स्थानमा यथावत् छ । 

त्यस्तै समान खेल खेलेको फ्रेण्डस पनि पाँच अङ्कका साथ लिगको दशौँ स्थानमा यथावत् छ । (रासस)

ट्याग -  ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता

SUGGESTED ARTICLES

img
जावलाखेल विजयी

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आज भएको खेलमा जावलाखेल युथ क्लबले सशत्र प्रहरीको एपिएफ क्लबलाई पराजित गरेको छ । हल्चोकस्थित एपिएफको मैदानमा जावलाखेलले एपीएफलाई १–० गोल अन्तरले हराएको हो । जावलाखेलका लागि विदेशी खेलाडी ओलालेकन आफिज लावलले निर्णायक गोल गरे ।


by RSS | Dec 13

img