mobile

काठमाडौं महानगरका सबै विद्यालयमा एकै प्रकारको पोशाक लागू  

By Anu Rana on Dec 06,2018 - 19:48

अधिकाम्स सामुदायिक र संस्थागत विद्यालयको अवस्था हेर्दा आकास जमिनको फरक देख्न सकिन्छ । शिक्षा गुणस्तरमात्र हैन विद्यार्थीको पोषाक, पाठ्यपुस्तक मात्र हैन धेरै कुरामा फरक देखिन्छ । तर काठमाडौं महानगरपालिकाले भने पोशाककै कारण समाजमा विभेद भएको भन्दै सामुदायिक र संस्थागत विद्यालयमा विद्यार्थीका लागि एकै प्रकारको पोशाक लागू गर्ने भएको छ ।

महानगरको शिक्षा विभागले  ‘महानगरीय शिक्षा रुपान्तरण अभियान सुधार सोच’ कार्यक्रमअन्तर्गत सामुदायिक र संस्थागत विद्यार्थीको पोशाकमा एकरुपता ल्याउनका लागि एकै प्रकारको पोशाक लागू गर्ने तयारी गरेको विभागका शिक्षा अधिकारी सीताराम कोइरालाले जानकारी गराए ।

‘विदेशका महानगरमा रहेका विद्यालयको पोशाक एउटै हुन्छ’, उनले भने, ‘हामीले पनि एउटै प्रकारको पोशाक लगाएर महानगरका विद्यालयमा एकरुपता ल्याउन थालेका हौँ ।’ 

महानगरभित्रका सबै विद्यालयमा तीन र चार वर्षभित्रमा एउटै पोशाक बनाउने लक्ष्य रहेको उनले बताएकह हुन ।

विभागले यसका लागि शिक्षक, संस्थागत विद्यालय सञ्चालक र विद्यार्थीका संघ संगठन र अभिभावकसँग छलफल, अन्तक्रिया गरी पोशाक कस्तो बनाउने भन्ने निर्णय गर्ने छ । योसागै महानगरले विद्यालयको बिदामा समेत एकरुपता ल्याउन लागेको छ । यसका लागि शैक्षिक क्यालेण्डर लागू गर्ने भएको छ ।

आगामी शैक्षिक सत्रदेखि विदेशी कूटनीतिक नियोगबाट सञ्चालन भएका विद्यालयबाहेकका सबै प्रकारका विद्यालयमा एकै दिन विद्यालय खुल्ने र एकै दिन बिदा हुने गरी क्यालेण्डर ल्याउन थालिएको शिक्षा अधिकारी कोइरालाले जानकारी हुन्।

 

ट्याग -  काठमाडौं महानगरका सबै विद्यालयमा , काठमाडौं महानगरका सबै विद्यालयमा

SUGGESTED ARTICLES

img
स्मार्ट’ विद्यालयका लागि रु एक लाख सहयोगको घोषणा

खानेपानीमन्त्री बीना मगरले कञ्चनपुर बेलौरीस्थित सरस्वती माध्यमिक विद्यालयलाई रु एक लाख एक हजार एक सय आर्थिक सहयोग गर्ने घोषणा गर्नुभएको छ । विद्यालयलाई सुविधा सम्पन्न ‘स्मार्ट’ विद्यालय बनाउने उद्देश्यले आज बेलौरीमा आयोजित शैक्षिक तथा धार्मिक महोत्सव कार्यक्रममा उहाँले सो घोषणा गर्नुभएको हो । मन्त्री मगरले विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नका लागि भौतिक पूर्वाधार विकासमा सहयोग गर्ने बताउँदै


by RSS | Dec 13

img