लगानी योग्य पुँजी अभाव भएर बैंक तथा वित्तीय संस्थाले उच्च ब्याजदरमा निक्षेप संकलन गरिरहेको बेला राष्ट्र बैंकले १० अर्ब १५ करोड ८६ लाख रुपैयाँ रुपैयाँ मुद्दती निक्षेप राख्न आह्वान गरेको छ।
केन्द्रीय बैंकले आगामी पुस १ गतेदेखि २०७६ मंसिर ३० गतेसम्मका लागि त्रैमासिक रुपमा ब्याज भुक्तानी पाउने गरि सो रकम लगानी गर्न चाहेको हो ।
निक्षेप लगानी गर्न चाहने बैंक तथा वित्तीय संस्थाले प्रस्तावित ब्याजदर सहित मंसिर २३ गते आइतबार ३ बजेसम्म शिलबन्दी दरभाउपत्र आवेदन दिन सक्ने राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले बताएका छन्।
केन्द्रीय बैंकले “क” वर्गका वाणिज्य बैंकहरुमा ८ अर्ब १२ करोड ६९ लाख, “ख” वर्गका राष्ट्रिय स्तरका विकास बैंकहरुमा १ अर्ब ५२ करोड ३८ लाख रुपैयाँ र “ग” वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुले ५० करोड ७९ लाख रुपैयाँ गरी कुल अर्ब १५ करोड ८६ लाख रुपैयाँ निक्षेप राख्नेछ ।
बैंक तथा वित्त संस्थाले रकम लिनका लागि आवेदन पेस गर्र्न विभिन्न शर्तहरु पालना गर्नुपर्ने छ। पुँजीकोष पुगेका र कम्तिमा २ वर्ष संचालन पुरा गरेका बैंक तथा वित्तीय संस्था सञ्चालनले मात्र यस्तो सुविधा पाउने छन्।
निष्कृय कर्जा (एनपीए) कुल कर्जा सापटको ५ प्रतिशत भन्दा कम भएको, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सो भन्दा बढी भएको, कर्जा र स्वदेशी निक्षेप र प्राथमिक पुँजी अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमाभित्र रहेको, निकटतम अघिल्लो आर्थिक वर्षमा बैंक सञ्चालन मुनाफामा रहेको हुनुपर्ने राष्ट्र बैंकले शर्त रहेको छ।
त्यसैगरी, रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमाभन्दा बढी नभएको, शीघ्र सुधारात्मक कारबाहीमा परेको भए फुकुवा भएको कम्तीमा ६ महिना पुरा भएको, बैंक तथा वित्तिय संस्था कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको, सर्वसाधारणको लागि छुट्टाइएको शेयर जारी गरीसकेको हुनुपर्नेछ ।
मुलुकको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको उद्योगको सङ्ख्यामा वृद्धि भएको छ । सरकारले तय गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई पूरा गर्नका लागि पनि पछिल्लो समय उद्योगमा लगानी गर्नेको सङ्ख्यामा वृद्धि भएको हो । विसं २०७४ मा सङ्घीय तथा प्रदेशसभाको निर्वाचन भएसँगै भएको स्थायी सरकारका कारण पनि गत वर्षको तुलनामा यस वर्ष ठूला,