mobile

सामसुङले फाइभ जी स्मार्टफोन ल्याउँदै  

By Anu Rana on Dec 06,2018 - 19:50

स्मार्टफोन जाएन्ट सामसुङले सन् २०१९ को पहिलो अर्धवार्षिक अवधिभित्रै आफ्नो पहिलो व्यवसायिक फाइभ जी स्मार्टफोन ल्याउने घोषणा गरेको छ ।अमेरिकी टेलिकम कम्पनी भर्जनसँगको सहकार्यमा फाइभ जी स्मार्टफोन ल्याउने घोषणा सामसुङले गरेको हो ।

आगामी हप्ता हुने क्वालकोम सम्मेलनका क्रममा भर्जन र सामसुङले औपचारिक रुपमा फाइभ जी स्मार्टफोनको प्रारुप घोषणा गर्नेछन् । यसमा क्वालकोमको स्नापड्रागन मोबाइल प्लाटफर्म हुनेछ । जसमा स्नापड्रागन एक्स फिफ्टी मोडेम र एन्टेना मोड्युल रहनेछ । त्यसमा इन्टिग्रेटेड आर एफ ट्रान्सिभर, आर एफ फ्रण्ट एन्ण्ट तथा एन्टेना रहनेछ ।

स्मरण रहोस् भर्जनले गत अकटोबरमा विश्वमै पहिलोपटक व्यवसायिक फाइभ जी नेटवर्क सर्भिस सुरुवात गरकेो थियो ।

ह्युस्टन, इन्डियानापोलिस, लस एन्जल्स तथा साक्रामेन्टोमा फाइभ जी होम सर्भिस सुरु भैसकेको छ । भर्जनको फाइभ जी मोबाइल सर्भिस चाहीँ सन् २०१९ को सुरुवात देखि नै सुरु हुने र तिव्र रुपमा विस्तार गरिने बताइएको छ ।

सामसुङको फाइभ जी स्मार्टफोनमा भर्जन कम्पनीको अल्ट्रा वाइड ब्याण्ड नेटवर्क चल्नेछ । जसमा प्रयोगकर्ताले अत्यधिक तीव्र गतिको इन्टरनेटका साथै विभिन्न गेम्स तथा फिचरहरु प्रयोग गर्न पाउनेछन् ।

सामसुङ भन्दा अगाडि अन्य धेरै कम्पनीले पनि फाइभ जी स्मार्टफोन ल्याउने घोषणा गरिसकेका छन् । यसमा वन प्लस, हुवावे र साओमी अग्रस्थानमा रहेका छन् । तर एप्पलले चाहीँ सन् २०१९ मा फाइभ जी स्मार्टफोन बनाउने योजना रद्द गरिसकेको छ ।

 

 

ट्याग -  सामसुङले फाइभ जी स्मार्टफोन ल्याउँदै  

SUGGESTED ARTICLES

img
अमेरिकामा साइबर संकटकालको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी अधिकार प्रयोग गर्दै विदेशी साइबर हमलाको अवस्थाबाट अमेरिकी कम्प्युटरलाई बचाउनका लागि राष्ट्रिय संकटकाल घोषणा गरेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले बुधबार एक कार्यकारी आदेश जारी गर्दै राष्ट्रिय संकटकालको घोषणा गरेका हुन् ।


by Anu Rana | May 20

img