mobile

जिब्रोले निधार छुने यज्ञ विश्व रेकर्डकाे तयारीमा

By Anu Rana on Dec 06,2018 - 19:50

मोरङको उर्लाबारीका ३५ वर्षे यज्ञबहादुर कटुवाल स्कुल बसका चालक हुन् । तर उनको अनौठो क्षमता देखेर धेरै दंग पर्छन् । ३५ वर्षे यज्ञबहादुर कटुवाल पछिल्लो समय अत्यन्तै चर्चामा छन् उनी चर्चामा आउनुको कारण हो जिब्रोले निधार र आँखिभौँ छुने, चिउँडोले नाक छोप्ने ।केही महिनायता युट्यूवमा उनको भिडियो पनि चर्चामा आएको छ । 

कटुवाल चिउँडोले नाक छोप्दा बालबालिकाहरु डरले पिसाव नै फेर्ने दावी गर्छन् । साथै बयष्कलाई समेत आफ्नो क्षमताबाट तर्साउनसक्ने बताउँछन् कटवाल । एउटा मात्रै दाँत भएका यज्ञबहादुर आफ्नो अनौठो क्षमताकै आधारमा ‘गिनिज बुक’मा रेकर्ड गराउन चाहेको बताउँछन् ।

जिब्रोले निधार छोएको भिडियो सोसल मिडियामा कटुवालको एक साथीले सार्वजनिक गरेपछि उनी एकाएक चर्चित भएका हुन् ।

त्यसो त उनले केही टेलि सिरियउलमा अभिनय गरिसकेका छन् । कटुवालले भने  ‘यदि मैले हरर फिल्ममा काम गर्ने मौका पाएँ भने दर्शकलाई डराउन अन्य कलाकारलाई झैं मलाई मेकअपको आवश्यकता पर्दैन । ’

मानिसहरुको नकारात्मक प्रतिक्रियाले आफूलाई केही पनि फरक नपार्ने उनी बताउँछन् । उनी भन्छन्, ‘म यस्तै छु, यसैमा म राम्रो देखिन्छु ।’ यति भन्दै उनले पुनः तल्लो ओठले आफ्नो नाक छोपे ।

स्कूलका ड्राइभर उनलाई कामका बेला आफ्नो कला नदेखाउन सचेत गराइएको छ । उनलाई यसो गरेको देखेर विद्यार्थीहरु डराउने गरेको उनले भिडियोमा बताएका छन् ।

उनको भिडियो खिच्ने पुस्कर नेपाल भन्छन्, ‘उनी शारिरिक र मानसिक रुपमा स्वस्थ छन् । निधारलाई चाट्न सक्ने आफ्नो क्षमताबारे उनलाई निकै सानो उमेरमा थाहा भयो ।’

‘उनको एउटा मात्र दाँत छ, त्यसैले पनि उनले यस्तो गर्न सकेका हुन् । उनको यो क्षमता निकै अचम्मको छ तर अद्भूत पनि ।’

ट्याग -  जिब्रोले निधार छुने यज्ञ , विश्व रेकर्डकाे तयारी

SUGGESTED ARTICLES

img
गाउँपालिकाद्वारा प्याराग्लाइडिङ परीक्षण उडान

न्यूपारा वल्र्ड प्राइभेट लिमिटेड पोखरा, कर्णाली एरोडाइनामिक रिसर्च सेन्टर जुम्ला र तातोपानी गाउँपालिकाद्वारा जुम्लामा प्याराग्लाइडिङ परीक्षण उडान शुरु गरिएको छ । सम्भाव्यता स्थानका लागि परीक्षण उडान शुरु गरिएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणको अनुमतिमा जुम्लाका विभिन्न स्थानमा परीक्षण उडान गरी सम्भावित स्थान खोजी गर्न अनुमति दिएअनुसार जुम्लाको तातोपानी गाउँपालिकाले पर्यटन प्रवद्र्धन गर्ने भन्दै


by RSS | Feb 18

img