mobile

कृषिमा आधुनिक प्रविधि भित्र्याउने सम्झौता

By RSS on Dec 07,2018 - 10:47

नेपालको कृषि पद्धतिमा आधुनिक प्रविधि प्रयोग गर्ने प्रविधि सिकाउन नेपाल चेम्बर अफ कमर्स र जापानको टोकियो युनिभर्सिटी अफ एग्रिकल्चर एण्ड टेक्नोलोजीबीच नौ बुँदे सम्झौता भएको छ । सम्झौता अनुसार जापानको टोकियो युनिभर्सिटीमा कृषि प्रविधि अध्ययनरत विद्यार्थीले चेम्बर अफ कमर्समा आबद्ध कृषि फार्ममा प्रशिक्षार्थीका रुपमा काम गरी आधुनिक प्रविधि हस्तान्तरण गर्नेछन् । सम्झौता पत्रमा चेम्बरका तर्फबाट वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल र युनिभर्सिटीका तर्फबाट रिसर्च इन्ष्टिच्युटका निर्देशक डा हिरोआकि वाकामात्सुले हिजो हस्ताक्षर गर्नुभयो । 

चेम्बरका तर्फबाट जापानको टोकियो अवैतनिक दूतका रुपमा कार्यरत अन्तर्राष्ट्रिय कानूनका अधिवक्ता डा बलराम श्रेष्ठको पहलमा सम्झौता भएको हो । सो अवसरमा चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले परम्परागत कृषि प्रणालीलाई आधुनिकतातर्फ लैजान सम्झौता कोशेढुंगा सावित हुने विश्वास व्यक्त गर्नुभयो ।सो युनिभर्सिटी विश्वकै दश उत्कृष्ट मध्येमा पर्ने सो अवसरमा जानकारी दिइयो । कृषि प्रविधि पढ्न चाहने नेपाली विद्यार्थीलाई छात्रवृत्ति लगायत सुविधा विस्तार गर्दै जाने प्रतिबद्धतासमेत उहाँले व्यक्त गर्नुभयो ।  (रासस)

ट्याग -  सम्झौता

SUGGESTED ARTICLES

img
नागरिकतासम्बन्धी विवाद पुनः संयुक्त इजलासमा

सर्वोच्च अदालतले जन्मसद्धि नागरकिता लएिका नागरकिका सन्तानलाई वंशजको नागरकिता दनिे वषियमा पूर्ण सुनुवाइका लाग िसंयुक्त इजलासमा छलफलका गर्न आदेश जारी गरेको छ । न्यायाधीशहरु ईश्वर खतविडा, सुष्मालता माथेमा र कुमार रेग्मीको पूर्ण इजलासले आज सो वषियमा पुनःसुनुवाइका दुई न्यायाधीशको इजलासबाट न्याय नरिुपण हुने आवश्यक ठानी सो आदेश जारी गरेको हो ।


by RSS | May 17

img