mobile

विश्व पौडीमा चार खेलाडी सहभागी

By RSS on Dec 07,2018 - 11:08

चीनको ग्वाञ्जाओमा मङ्सिर २५ गतेदेखि हुने १४औँ विश्व पौडी प्रतियोगितामा नेपालका चार खेलाडीले सहभागिता जनाउने भएका छन् । 

प्रतियोगितामा नेपालबाट सुभम श्रेष्ठले ५० मिटर र सय मिटर ब्रेस्टट्रोकमा प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै अनुभव सुब्बामा ५० मिटर र सय मिटर बटरफ्लाई, टिसा शाक्यले ५० मिटर तथा सय मिटर फ्रि स्टाइल तथा आयुश्मा तुलाधरले ५० मिटर ब्रेस्टट्रोक र ५० बटरफ्लाई स्पर्धामा प्रतिष्पर्धा गर्ने राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ । नेपाली टोलीको मुख्य प्रशिक्षकमा ईश्वर कार्की र टिम लिडरमा महेश महर्जन रहेका छन् । प्रतियोगितामा सहभागी हुने टोलीलाई हिजो राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिनाले बिदाइ गर्नुभयो । (रासस)

ट्याग -  विश्व पौडी

SUGGESTED ARTICLES

img
शहीद स्मारक ए डिभिजन फुटबल–पुलिसद्वारा फेन्डस पराजित

शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले फेन्डस क्लबलाई पराजित गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा पुलिसले फ्रेन्डसलाई ५–० को फराकिलो गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । पुलिसका लागि पहिलो गोल अभिषेक रिजालले गरे ।


by RSS | Dec 14

img