mobile

सामाजिक सुरक्षा योजना प्रभावकारी हुने : सभामुख महरा

By RSS on Dec 07,2018 - 11:50

सभामुख कृष्णबहादुर महराले सरकारले ल्याएको सामाजिक सुरक्षा योजना प्रभावकारी हुने बताउनुभएको छ । घोराहीमा आज नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष सविन प्रियासनद्वारा लिखित उपन्यास ‘लक्की चार्म’ लोकार्पणका क्रममा उहाँले सरकारले ल्याएको सामाजिक सुरक्षा योजना र लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान परिस्कृत हुँदै जानेमा जोड दिनुभयो । 

आगामी फागुनसम्म कानून संशोधन गसिक्नुपर्ने चुनौती रहेको चर्चा गर्दै सभामुख महराले नेपालको सविधान २०७२ सँग बाँझिएका धेरै कानून अहिले पनि रहेकाले ती कानून आगामी हिउँदे अधिवेशनसम्ममा संशोधन नभए स्वतःखारेज हुने जानकारी दिनुभयो । 
उहाँले समाजमा भएका घटनाको गहिरो गरी विश्लेषण गरी लेखिएका पुस्तकले इतिहासको पाटो पनि पूरा गर्ने बताउनुभयो । केही दिन पहिले घोराहीमा अप्रिय घटना भएको चर्चा गर्दै सभामुख महराले जिल्लामा शान्ति सुरक्षामा ध्यान दिन प्रहरी प्रशासनलाई आग्रहसमेत गर्नुभयो । (रासस)

ट्याग -  सामाजिक सुरक्षा योजना

SUGGESTED ARTICLES

img
सविधान संशोधन तथा लाल प्रतिवेदन सार्वजनिक होस् : राजपा

राष्ट्रिय जनता पार्टीले सर्वाेच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न पुनः माग गरेको छ । प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भमै उक्त पार्टीका नेता महेन्द्रप्रसाद यादवले सो प्रतिवेदन सार्वजनिक गर्न र संविधान संशोधनका लागि सभामुखबाट पुनः रुलिङ गर्न माग गर्नुभएको हो ।


by RSS | May 21

img