mobile

लैङ्गिक विभेद हटाउन महिला श्रमिक सङ्गठित

By RSS on Dec 07,2018 - 12:06

विभेदमा परेका चिया प्रशोधन कारखानामा कार्यरत महिला श्रमिक एकताबद्ध हुन थालेका छन् । प्रशोधन कारखानाले ज्यालादारीदेखि काममा समेत विभेद गर्न थालेकाले पाँचथर र इलामका महिला एकजुट भएर सङ्गठन समेत खोलेका हुन् । नवगठित अर्थोडक्स श्रमिक महिला मञ्चकी सचिव देवुका आचार्यले कारखानामा महिला र पुरूष श्रमिकबीचको विभेदविरूद्ध आवाज उठाउन सङ्गठन खोलिएको जानकारी दिनुभयो । “प्रशोधन कारखानामा अहिले पुरूषलाई रु ४०० र महिलालाई रु ३०० ज्याला दिइन्छ ।” आचार्यले भन्नुभयो, “हामी महिला भएकै कारणले ज्यालामा विभेद गरिएको हो । एउटै काम गर्दा किन पुरूष र महिलामा ज्याला अन्तर हुन्छ ?” 

उहाँका आचार्यका अनुसार मञ्चमा दुई जिल्लाका सबै प्रशोधन केन्द्रका एक÷एक महिला समेटिएको छ । सङ्गठनका अन्य सदस्य आवश्यकताअनुसार थप गर्दै लगिने छ । “हामी सङ्गठनभित्र काम गर्दा सबै समस्या सुनुवाइ हुँदैन र एक्लै सबै समस्या भन्नसमेत सकिँदैन । त्यसैले एकताबद्ध भएका हौँ”, सचिव आचार्यले भन्नुभयो, “महिला श्रमिकलाई श्रमिक ऐन, कानून समेत जानकारी गराउन सङ्गठन आवश्यक परेको हो ।” स्थापनापछि उक्त सङ्गठनले बचतसमेत सङ्कलन गर्न थालेको छ । मासिक रु १०० बचत सङ्कलन र उक्त रकम महिला श्रमिकलाई आवश्यक परेकाका बेला ऋण स्वरुप उपलब्ध गराइने व्यवस्था गरिएको अध्यक्ष होमकुमारी आचार्यको भनाइ थियो । (रासस)

ट्याग -  लैङ्गिक विभेद

SUGGESTED ARTICLES

img
प्रभावकारी बन्दै ‘समुदाय प्रहरी साझेदारी’

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीको अगुवाइमा झण्डै चार महीनादेखि सञ्चालनमा रहेको ‘समुदाय प्रहरी साझेदारी कार्यक्रम’ जिल्लामा प्रभावकारी देखिएको छ । अभियानअन्तर्गत प्रहरीले विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न थालेपछि समुदायमा हुने अपराध, घटना तथा सामाजिक विकृति नियन्त्रणमा स्थानीय नागरिक अग्रसर हुन थालेका छन् । प्रहरीले विद्यालयदेखि समुदायसम्म सचेतनामूलक कार्यक्रम गर्दा त्यसबाट पाएको शिक्षाले नागरिक जागरुक भएको


by RSS | Today, 05:01 PM

img