mobile

ज्येष्ठ नागरिकलाई पाँच हजार

By RSS on Dec 07,2018 - 14:14

पाँचथरको फिदिम नगरपालिका वडा नं ९ लुम्फाबुङका ८० वर्ष पार गरेका ज्येष्ठ नागरिकलाई नगरपालिकाले उपचारका लागि रकम प्रदान गरेको छ । 

नगरप्रमुख ओनाहाङ नेम्वाङले ज्येष्ठ नागरिकलाई रु पाँच हजारका दरले ३७ जनालाई सो रकम विहिबार प्रदान गर्दै यस्तो सहयोग निरन्तर हुने बताउनुभयो । दीर्घरोगीअन्तर्गत मिर्गौला, मुटु र क्यान्सर रोगीलाई १० देखि २० हजार रुपैयासम्म नगरपालिकाले उपलब्ध गराइरहेको छ । रकम पाएपछि ज्येष्ठ नागरिक हर्षित भएको वडासचिव विनय रम्तेलले बताउनुभयो । 

अहिलेसम्म नगरपालिका कार्यालयमै आएका ८० वर्ष पार गरेका ९० ज्येष्ठ नागरिकलाई पनि औषधोपचार खर्च प्रदान गरिसकिएको छ । चिसोबाट बच्न मानव अधिकार एकल महिला समूहले ७८ एकल महिलालाई ब्ल्याङ्केट र प्रमाणपत्र वितरण गरेको समूहका अध्यक्ष सरस्वती रिजालले बताउनुभयो । फिदिम–९ का वडाध्यक्ष बालकृष्ण लावतीले ज्येष्ठ नागरिकको हकहित, विकास र समृद्धिको क्षेत्रमा काम गर्दै जाने बताउनुभयो । वडासदस्य गङ्गा राईले वडाका ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति, दलितलाई प्राथामिकतामा राखेर काम गर्दै आएको बताउनुभयो ।(रासस)

ट्याग -  रकम प्रदान

SUGGESTED ARTICLES

img
नागरिकतासम्बन्धी विवाद पुनः संयुक्त इजलासमा

सर्वोच्च अदालतले जन्मसद्धि नागरकिता लएिका नागरकिका सन्तानलाई वंशजको नागरकिता दनिे वषियमा पूर्ण सुनुवाइका लाग िसंयुक्त इजलासमा छलफलका गर्न आदेश जारी गरेको छ । न्यायाधीशहरु ईश्वर खतविडा, सुष्मालता माथेमा र कुमार रेग्मीको पूर्ण इजलासले आज सो वषियमा पुनःसुनुवाइका दुई न्यायाधीशको इजलासबाट न्याय नरिुपण हुने आवश्यक ठानी सो आदेश जारी गरेको हो ।


by RSS | May 17

img