mobile

महानगरको फोहरले सिर्सिया खोलाको मुहान थुनिँदै

By RSS on Dec 07,2018 - 17:15

वीरगञ्ज महानगरपालिकाले गरेको अव्यवस्थित फोहर व्यवस्थापनको कारण सिर्सिया खोलाको मुहाननै थुनिने खतरा उत्पन्न भएको छ । नगरक्षेत्रबाट सङ्कलन गरिएका फोहरलाई खोलाको तीरमा व्यवस्थापन गर्दै आएका कारण वीरगञ्जको इनर्वास्थित शङ्कराचार्यद्वार नजिकै रहेको सिर्सिया खोलाको मुहान सागुरिँदै गएको छ । 

अव्यवस्थित फोहर व्यवस्थापनका कारण ८ मिटर चौडाइमा बग्ने खोलाको मुहान हाल तीन मिटर भन्दा कम भएको छ । चारलाख भन्दा बढी जनसङ्ख्या रहेको महानगरपालिकाबाट दैनिक १२० मेट्रिक टन फोहर उत्पादन हुने गरेको छ । नगरक्षेत्रबाट सङ्कलन भएका फोहरलाई महानगरपालिकाका कर्मचारीले वीरगञ्जको इनर्वा, श्रीपुर, सिर्सिया, राधेमाई, नगवालगायतका स्थानमा अव्यवस्थित रुपमै व्यवस्थापन गर्दै आएका छन् । 

अव्यवस्थित फोहरका कारण नगरबासीले ठूलो समस्या खेप्नु परेको छ । जथाभावी फोहर थुपारिएका कारण नगरक्षेत्र दुर्गन्धित हुनुका साथै सिर्सिया खोला समेत प्रदूषित हँुदै गएको छ । अव्यवस्थित रुपमा भएको फोहर व्यवस्थापन र त्यसबाट उत्पन्न भएको समस्याबारे महानगरपालिकाका उपसचिव शिवप्रसाद लम्सालसँग बुभ्mदा उहाँले फोहर व्यवस्थापनमा कमजोरी भएको स्वीकार गर्नुभयो । 

उहाँले वीरगञ्जको नगवामा फोहर व्यवस्थापन केन्द्र निर्माणकार्य अन्तिमचरणमा पुगेकोे र सो परियोजना पूरा भएपछि एक डेढमहीनाभित्र हाल देखिएका समस्या समाधान हुने दाबी गर्नुभयो । 
नगर क्षेत्रबाट उत्सर्जन भएको फोहरलाई व्यवस्थापन गर्न निजी क्षेत्रलाई पिपिपी मोडेलमा ठेक्का दिने प्रक्रिया पूरा भएको र आउँदो १५ दिनभित्र निजी क्षेत्रसँग सम्झौताको काम पूरा भई व्यवस्थित फोहर सङ्कलन तथा विसर्जन हुने उपसचिव लम्सालले जानकारी दिनुभयो । 
सङकलन गरिएका फोहर सिर्सिया खोलामा विसर्जन गरी खोलालाई प्रदूषित बनाएको आरोप लगाउँदै अधिवक्ता सुरेन्द्रप्रसाद कुर्मीले पर्सा जिल्ला अदालतमा महानगरसहित नौ उद्योगमाथि मुद्दा नै दर्ता गराएका छन् । 
महानगर विरुद्ध आदालतमा मुद्दा दर्ता भएपछि पनि खोलाको तिरमै फोहर व्यवस्थापन गराइरहेकोे घटनाले प्राकृतिक स्रोतसाधन संरक्षणप्रति महानगरका कर्मचारी गम्भीर नभएको नगरवासीको भनाइ छ ।(रासस)

ट्याग -  खोलाको मुहान थुनिँदै

SUGGESTED ARTICLES

img
सुदूरपश्चिमका पहाडमा हिमपात, जनजीवन प्रभावित

मौसममा आएको परिवर्तनका कारण विहीबार बैतडीसहित सुदूरपश्चिमका अधिकांश पहाडी जिल्लामा हिमपात भएको छ । हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ । बैतडीको दशरथचन्द राजमार्गको अनारखोली, खोडपे, सतबाँझ लगायतका उच्च पहाडी क्षेत्रमा हिमपात भएको बैतडी जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बैतडीको खोडपे बझाङ जयपृथ्वी राजमार्ग क्षेत्रमा पनि हिमपात


by RSS | Dec 14

img