mobile

घर-घरमा विजुलीको ‘स्मार्ट मिटर’ 

By Anu Rana on Dec 07,2018 - 21:11

काठमाडौं उपत्यकाको विद्युत वितरण र व्यवस्थापनलाई चुस्त बनाउन नेपाल विद्युत प्राधिकरणले स्मार्ट मिटर जडान गर्दै छ । स्मार्ट मिटर प्रयोगमा आएपछि विजुली चुहावट रोकिने र बक्यौता नरहने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अनलाइनखबरलाई बाताउनुभ्एको हो । ‘मेरो पहिलो उद्देश्य लोडसेडिङ न्यूनीकरण गर्दै अन्त्य गर्नु हो,’ घिसिङले भनुभयो, ‘दोस्रो उद्देश्य भने घाटामा रहेको प्राधिकरणलाई नाफामा लैजानु हो । अहिले प्राधिकरणका हजारौं कर्मचारीहरु बिजुलीको बिल लिएर ३० लाख ग्राहकको घर-घरमा जाँदै आएका छन् । यो व्यवस्था निकै झन्झटिलो र खर्चिलो रहेको छ ।  

नेपाल विद्युत् प्राधिकरणले ग्राहकको घर तथा कार्यालयमा नै नगई प्रविधिको प्रयोग गरेर मिटर रिडिङ गर्न स्क्ने प्रविधि भित्र्याएको छ । प्राधिकरणले सो प्रविधिलाई एडभान्स मिटरिङ इन्फास्टक्चर (एएमआई) नाम दिएको छ । विद्युत्का ग्राहकको घरमा रहेको मिटरमा एक प्रकारको मोडियन जडान गरेपछि प्राधिकरणको कार्यालयबाटै कुन ग्राहकले कति विद्युत् प्रयोग गरे ? र त्यसवापत के कति रकम तिर्नुपर्छ ? भन्ने जानकारीसमेत उक्त प्रणालीबाट सहजै पत्ता लाग्नेछ ।

प्राधिरकणले त्यस्तो प्रणाली पहिलो पटक रत्नपार्क वितरण केन्द्रमा शुरु गरेको वितरण केन्द्रका इञ्जिनीयर दृष्टि पाण्डेले जानकारी दिए । उनका अनुसार सो प्रणाली रत्नपार्क वितरण केन्द्र मातहत रहेका ३६२ ग्राहकको घर, कार्यालयमा जडान भएको छ । इन्टेरनेट सञ्जालबाट सहजै रुपमा ग्राहकको जानकारी लिन, कति विद्युत् प्रयोग भयो थाहा पाउन, मिटर बन्द गर्न र खोल्नसमेत सो प्रविधिमा व्यवस्था रहेको छ ।

के हो स्मार्ट मिटरिङ ?

स्मार्ट मिटर भनेको एक प्रकारको विद्युतीय डिभाइस हो । यो डिभाइसमा टु वे कम्यूनेकेशन अर्थात दोहोर सञ्चार प्रणाली जडान गरिएको छ । जुन सञ्चार प्रणालीका कारण प्राधिकरणको केन्दि्रय सिस्टमले पलपल त्यस्ता स्मार्ट मिटरको मनिटरिङ गरिरहेको हुन्छ ।

उपभोक्ताले विल तिरेको नतिरेको पनि छिनको छिनमै प्राधिकरणको केन्दि्रय प्रणालीलाई थाहा हुन्छ ।डिभाइसमा जडान गरिएको सिस्टममै उपभोक्ताले रिचार्जकार्डमार्फत रिचार्ज गरेर विजुलीको खपत गर्न सक्ने घिसिङले बताए ।

ट्याग -  घर-घरमा विजुलीको ‘स्मार्ट मिटर’ 

SUGGESTED ARTICLES

img
विश्वको आधा भन्दा बढि जनसंख्या इन्टरनेटको पहुँचमा  

विश्वको कुल जनसंख्याको आधा भन्दा बढि मानिस इन्टरनेटमा जोडिएका छन् । हालै सार्वजनिक इन्टरनेटशनल टेलिकम्यूनिकेसन यूनियन(आईटियू) ईन्टरनेशनल टेलेकोम्मुनिकसन उनिओन (इटु) को अध्ययन अनुसार सन् २०१८ को अन्त्यसम्म कुल जनसंख्यामध्ये ३ अर्ब ९० करोड मानिसहरु इन्टरनेट प्रयोग गरिरहेका छन् ।


by Anu Rana | Dec 14

img