mobile

प्रियङ्काको बिहेको तस्बिर १७ करोडमा बिक्यो

By Anu Rana on Dec 09,2018 - 10:24

बलिउड अभिनेत्री प्रियङ्का चोपडाले आफू भन्दा १० वर्ष कान्छा अमेरिकन गायक तथा लेखक निक जोनससँग बिहे गरेकी छन् । यी दुईको बिहेको तस्बिर पिपुल म्यागेजिनले पहिलो पटक सार्वजनिक गरेको छ । यी जोडीले आफ्नो बिहेको पहिलो तस्बिर पिपुल म्यागेजिनलाई १७ करोड भारतीय रुपैयाँमा बेचेका थिए । 

अहिले यो तस्बिर सामाजिक सञ्जालमा तीब्र गतिमा भाइरल भइरहेको छ । तस्विरमा प्रियङ्का चोपडा र निक हिन्दू र क्रिश्चियन रीतिरिवाजबाट बिहे गरिरहेको देख्न सकिन्छ । बेचिएकै कारण प्रियङ्का र निकको बिहेको तस्बिर कहीँ कतै सार्वजनिक गरिएको थिएन । बिहेमा पनि पाहुनालाई क्यामेरा नभएको मोबाइल फोन मात्रै प्रयोग गर्न दिइएको थियो ।

समाचार अनुसार प्रियङ्का र निकले ड्रोनबाट फोटो खिच्ने सम्भावनातर्फ चनाखो हुँदै निशानेबाजलाई बन्दुकसहित बोलाएका थिए । दुवैको बिहे जोधपुरको उम्मेद भवन प्यालेसमा भएको हो । यस क्रममा शानदार आतिसबाजी गरियो भने बिहे क्रिश्चियन रीतिरिवाजबाट सम्पन्न भएको हो ।

दिल्लीको ताज प्यालेसमा प्रियङ्का र निकले आफ्नो पहिलो पार्टी दिइरहेका छ्न् । यस पार्टीमा दुवैका निकट साथी आएको खबर छपेको छ।

ट्याग -  प्रियङ्काको बिहेको तस्बिर १७ करोडमा बिक्यो

SUGGESTED ARTICLES

img
रामपुर उपत्यकामा प्याराग्लाइडिङ

पाल्पाको रामपुरमा प्याराग्लाइडिङको सफल उडान गरिएको छ । प्याराग्लाइडिङले प्रचुर सम्भावना बोकेको रामपुर नगरपालिका–७ स्थित बाहुनडाँडामा सोमबार सफल परीक्षण उडान गरिएको हो । रामपुर नगरपालिका–७ को बाहुनडाँडा र पूर्वखोला गाउँपालिका–१ सिलुवाको लोस्दीबाट परीक्षणका रुपमा १६ प्याराग्लाइडिङ उडान गरिएको थियो । पहिलो उडान बााहुनडाँडाबाट थालेर किसानबारी खेलमैदानमा अवतरण गराइएको थियो ।


by RSS | Jan 15

img