mobile

सूचना प्रविधिको सम्मेलन काठमाडौंमा हुँदै  

By Anu Rana on Dec 09,2018 - 10:47

इन्टरनेट सेवा प्रदायक एवं सूचना संचार प्रविधिको क्षेत्रमा कार्यरत ब्यक्ति एवं संस्थाहरुको समूह नेपाल नेटवर्क अपरेटर्स ग्रुप (एन्पिनोग) ले मंसिर २३ देखि २८ गतेसम्म एनपिएनओजी–४ नामक ६ दिने कार्यक्रम आयोजना गर्दै छ ।

उक्त कार्यक्रममा नेटवर्किङ एवं सूचना तथा संचार प्रविधिको क्षेत्रमा लागेका व्यवसायिक साथै प्रविधिको अनुसन्धान एवं शिक्षणमा संलग्न व्यक्तिहरुकाबीच यस क्षेत्रमा विश्वमा भइरहेका उत्कृष्ट अभ्यासहरुको बारेमा छलफल एवं अनुभव आदान प्रदान हुने आयोजकले जानकारी दिएको छ ।

काठमाडौंमा आयोजना हुने सो कार्यक्रम अन्तर्गत पहिलो दिन प्राबिधिक सम्मेलनको आयोजना गरिनेछ । बाँकी दिन प्राविधिक विषयवस्तुहरु समावेश गरिएको कार्यशाला गोष्ठी हुनेछ । पाँच दिने कार्यशाला गोष्ठीमा चार विषयमा कार्यशाला गरिने छन् ।

गोष्ठीमा सहभागी हुन चाहने विद्यार्थीहरुका लागि लाग्ने शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको आयोजकको भनाइ छ । यसैगरी कार्यक्रममा सहभागी हुन चाहनेमध्ये महिला सहभागीहरुलाई २५ प्रतिशत छुट प्रश्नावली एवं दर्ताको आधारमा प्रधान गरिएको छ ।

 कार्यक्रमको पहिलो दिन आयोजना हुने सम्मेलनमा नेपाल तथा विश्वको सूचना तथा संचार प्रविधिको क्षेत्रको वर्तमान अवस्था, चुनौतीहरु एवं सफलताका कथाहरुको बारेमा नेपाल तथा अन्य मुलुकका सूचना तथा संचार प्रविधि क्षेत्र, दुरसंचार क्षेत्र, इन्टरनेट सेवा प्रदायक कम्पनी, बैंक एवं सरकारी प्रतिनिधिहरुले विशेष प्रस्तुति दिने कार्यक्रम छ ।

एन्पिनोगका अध्यक्ष समित जनका अनुसार कार्यक्रमले सूचना तथा सञ्चार प्रविधिको विश्वस्तरीय ज्ञान आदानप्रदान गर्दै नेपालमा यसले महत्वपूर्ण योगदान पुर्‍याउनेछ। कार्यक्रमको सहआयोजकको रुपमा इन्टरनेट एक्सचेञ्ज नेपाल रहेको छ भने कार्यक्रमलाई नेपाल दुरसंचार प्राधिकरण, इन्टरनेट सेवा प्रदायक संघ र इन्टरेट सोसाइटी नेपाल च्याप्टरले साथ दिएका छन् ।

ट्याग -  सूचना प्रविधिको सम्मेलन काठमाडौंमा हुँदै  

SUGGESTED ARTICLES

img
अमेरिकामा साइबर संकटकालको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी अधिकार प्रयोग गर्दै विदेशी साइबर हमलाको अवस्थाबाट अमेरिकी कम्प्युटरलाई बचाउनका लागि राष्ट्रिय संकटकाल घोषणा गरेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले बुधबार एक कार्यकारी आदेश जारी गर्दै राष्ट्रिय संकटकालको घोषणा गरेका हुन् ।


by Anu Rana | May 20

img