mobile

ईपीएलको उद्घाटन खेलमा विराटनगर र ललितपुर भिड्दै  

By Anu Rana on Dec 09,2018 - 10:49

एभरेष्ट प्रिमियर लिग (ईपीएल) को तेस्रो संस्करणका खेल आज (शनिबार) बाट शुरू हुदैछन् । किर्तीपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज (शनिबार) दिउँसो १ बजे हुने उद्घाटन खेलमा साविक विजेता टोली विराटनगर वारियर्स र ललितपुर प्याट्रियोट्सले प्रतिस्पर्धा गर्दैछन् ।

विराटनगरको कप्तानी राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले गरेका छन् भने ललितपुर राष्ट्रिय टोलीका उप—कप्तान ज्ञानेन्द्र मल्लले सम्हालिरहेका छन् ।

‘गत वर्ष हामी फाइनलको निकै नजिक पुगरेर पनि असफल भएका थियौं’, ललितपुरका कप्तान ज्ञानेन्द्र मल्लले भने, ‘गत वर्ष पनि लक्ष्य उपाधि नै थियो । यो वर्ष पनि उपाधिकै लागि खेल्ने छौं ।’ ललितपुरले विदेशी खेलाडीका रूपमा तीन भारतीय सन्नी पटेल, गौरभ तोमार र जयकिसन कोल्सावाला आबद्ध गरेको छ । यी तीनै खेलाडीले यसअघि नेपालको घरेलु क्रिकेटमा प्रतिस्पर्धा गरिसकेका छन् ।

ललितपुरसँग नेपाली राष्ट्रिय टोलीका युवा स्पिनर सन्दीप लामिछानेको साथ पनि रहने छ । विराटनगरले भने हङकङका बाबर हायात, नेदरल्यान्ड्सका पल भान मिकरेन र रोइलोफ भान डर मर्वीलाई विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको छ । नेपालकै र विदेशका समेत राम्रा खेलाडी रहेको विराटनगर र ललितपुरबीचको खेल रोमाञ्चक हुने अनुमान गरिएको छ ।

ट्याग -  ईपीएलको उद्घाटन , विराटनगर र ललितपुर भिड्दै  

SUGGESTED ARTICLES

img
उप–प्रमुख महिला क्रिकेट हुने

जिल्लामा उप–प्रमुख कप महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । दशरथचन्द नगरपालिकामा यही जेठ २३ गतेदखेखि दोस्रो संस्करणको उपमेयर कप शुरु हुनेछ । दशरथचन्द नगरपालिकाको सहयोग तथा नगर क्रिकेट समितिको आयोजनामा उक्त प्रतियोगिता सञ्चालन हुन लागेको हो ।


by RSS | May 21

img