mobile

यो हफ्ताको साप्ताहिक राशीफल  

By Anu Rana on Dec 09,2018 - 10:50

तपाईको  यो हप्ता कसरी वित्ने छ, जान्नुहोस (वि .सं . २०७५ मंसिर २३– २९ गते सम्मको साप्ताहिक राशिफल)

मेष (चुचेचोलालिलुलेलो)

मेष राशिका लागि यो साता राम्रो देखिन्छ । पारिवारिक साथ सहयोग मिल्नेछ । व्यापार व्यवसाय मध्यम फलदायी रहने देखिन्छ । अध्ययन अध्यापनको क्षेत्र सफल रहनेछ । नयाँ कार्यका अवसर पनि प्राप्त हुनेछन् । प्रेम जीवन सबल र सुखद् रहनेछ । महत्वपूर्ण निर्णय गर्दा संयम अपनाउनुहोला । सामाजिक–सार्वजनिक क्षेत्रमा सक्रिय हुनुहुन्छ भने मंगलबारपछि पूर्व दिशाको सभा–सम्मेलन तथा जनसम्पर्कले सार्थक परिणाम दिनेछ ।बिहीबारबाट शत्रु पक्ष सबल रहने छन् ।

वृष  (,,,,बा,बि,बु,बे बो)

वृष राशिका लागि यो साता उन्नतिकारक रहनेछ । कर्मप्राप्तिको योग देखिन्छ । पदोन्नतिका अवसर पनि मिल्नेछन् । कला मनोरञ्जनका क्षेत्रमा विशेष अभिरुचि रहनेछ । पराक्रम बढ्नुका साथै कीर्ति लाभका योग पनि देखिन्छन् । मित्रजनबाट साथ सहयोग मिल्नेछ । विद्या लाभदायी रहनेछ । रोकिएको व्यवसायमा साझेदारको सहयोगमा पुन: प्रयत्न गर्दा सफलता प्राप्त होला । साताको अन्त्यतिर ठूलो खर्चको चपेटामा परिनेछ । पूर्वको यात्राले विशेष फाइदा पुर्‍याउन सक्छ । 

मिथुन (का,कि,कु,,,,के,को,)

मिथुन राशिका लागि साताको उत्तरार्ध विशेष फलदायी रहनेछ । मनमा कार्य गर्ने उत्साह छाउनेछ । व्यापार व्यवसायबाट विशेष लाभ देखिन्छ । बौद्धिक उन्नयन हुनेछ । अध्ययनमा रुचि जाग्नुका साथै कला साहित्यबाट विशेष लाभ हुनेछ । परिवारको साथ सहयोग मिल्नेछ । अकस्मात् विदेश यात्राको साइत जुर्न सक्छ । भ्रमण फाइदाजनक नै हुनेछ । पहिलेदेखिको कार्यक्षेत्र परिवर्तन होला । मंगलबारसम्म कार्यम अवरोधका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहनेछ । बुधबारबाट कार्यमा सफलता मिल्दै जानेछ ।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)

प्रेम जीवन सुखद् रहनेछ । सामाजिक मान प्रतिष्ठा मिल्नुका साथै राजनीतिक क्षेत्रबाट पनि सफलता हात पर्ने देखिन्छ । अध्ययन अध्यापनको क्षेत्र मध्यम फलदायी रहनेछ । आफन्तजनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुनेछन् । वृद्ध तथा अपांगहरूको सेवाले प्रतिष्ठा प्रदान गर्नेछ । रातो पहिरन प्रयोग गर्दा प्रतिस्पर्धीहरू पछि पर्नेछन् । विशिष्ट व्यक्तित्वहरूसँगको भेटले थप प्रेरणा दिनेछ ।

सिंह (मा,मि,मु,मे,मो,टा टि,टु,टे)

साताको प्रारम्भसँगै पूर्वतर्फको यात्रा हुन सक्छ, जसमा परिणाममुखी कार्य सम्पन्न गर्न सकिनेछ ।आर्थिक वृद्धिका परिसूचकहरू देखा पर्नेछन् । अध्ययन अध्यापनको क्षेत्र फलदायी रहनेछ । पदोन्नतिका अवसर पनि प्राप्त हुनेछन् । मित्र लाभका साथै सुखद् यात्राका योग पनि देखिन्छन् । साताको अन्त्यमा कार्य अवरोधका साथै स्वास्थ्यमा प्रतिकूलता रहन सक्ने देखिन्छ ।

कन्या (टो,,पि,पु,,,,पे,पो)

मित्र जनबाट भने सजग रहनु नै उपयुक्त हुनेछ । अध्ययन अध्यापनको क्षेत्र सबल रहने देखिन्छ । विद्याबाट विशेष लाभ हुनेछ । धार्मिक सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राका अवसर पनि मिल्नेछन् । श्रीवृद्धिका योग देखिन्छन् । बुधबार र बिहीबार बाध्यात्मक रूपमा दक्षिण तर्फको सामाजिक कार्यक्रममा उपस्थित हुनुपर्नेछ, जसमा सम्मानित हुने सम्भावनासमेत छ । यात्रा गर्दा समयको ख्याल गर्नु होला । साताको अन्त्यमा विभिन्न परिकार तथा सुन्दर वस्त्रले आनन्दित तुल्याउनेछ ।

तुला (,रि,रु,रे,रो,ता,ति,तु,ते)

तुला राशिका लागि यो साताको उत्तरार्ध विशेष फलदायी रहनेछ । खर्चमा वृद्धि हुने छ । सामाजिक कार्यम रुचि जाग्ने छ । अध्ययन अध्यापनका क्षेत्रमा प्रगति  घुमफिर गर्दा फजुल खर्च भए पनि नयाँ अनुभव बटुल्ने अवसर पाइनेछ । हुने छ । प्रेम जीवन सुखद् रहनेछ । स्वास्थ्यको क्षेत्रमा सजग रहनु नै उत्तरम हुनेछ । सोमबारसम्म कार्यमा अवरोध रहनुका साथै स्वास्थ्यमा पनि प्रतिकूलता आउने देखिन्छ । मंगलबारबाट भने कार्यमा प्रगति हुँदै जाने छ ।

वृश्चिक (तो,,ना,नि,नु,ने,नो,या,यि,यु)

वृश्चिक राशिका लागि यो साता मध्यम फलदायी रहनेछ । सोचेका काम बन्नेछन् । व्यापार व्यवसायबाट विशेष लाभ हुने देखिन्छ । श्रीवृद्धि हुनुका साथै कार्य प्राप्तिको योग देखिन्छ । मित्रजनबाट सुख मिल्नेछ । सामाजिक मान प्रतिष्ठा मिल्नुका साथै पारिवारिक सुखकोे योग देखिन्छ । मंगल र बुधबार स्वास्थ्यमा प्रतिकूलताका साथै कार्यमा अवरोध रहने देखिन्छ । साताको अन्त्यमा रातो रंग प्रयोग गरे नयाँ अवसर प्राप्त हुने देखिन्छ ।   

धनु (ये,यो,,भि,भु,,फा,,भे)

धनु राशिका लागि साताको पूर्वार्ध विशेष फलदायी रहनेछ । कला साहित्यका क्षेत्रमा विशेष रुचि जाग्नेछ । यात्राका अवसरहरू पनि प्रशस्त देखिन्छन् । भू–धन लाभदायी रहनेछ । अध्ययन अध्यापको क्षेत्र मध्यम फलदायी रहने देखिन्छ । व्यापार व्यवसायबाट लाभ हुनेछ । मित्र लाभका साथै नयाँ कार्यको थालनी हुने देखिन्छ । साताको अन्त्यमा परिवारजनको मांगलिक कार्यमा सहभागी भइनेछ ।

मकर (भो,,जि,खि,खु,खे,खो,गा,गि)

मकर राशिका लागि यो साता उन्नतिकारक रहनेछ । मित्र प्राप्तिका साथै कार्य लाभका योग देखिन्छन् । स्वास्थ्यको क्षेत्र मध्यम देखिन्छ । व्यापार व्यवसायमा वृद्धि हुनेछ । आर्थिक उन्नतिका योग देखिन्छन् । सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् । सामाजिक कार्यमका विशेष रुचि जाग्नेछ । बिहीबारबाट कार्यमा अवरोधका साथै स्वास्थ्यमा प्रतिकूलता रहन सक्ने देखिन्छ । साताको अन्त्यमा खानपानमा फेरवदल भै स्वस्थ्य प्रतिकूल हुनसक्छ ।

कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,)

कुम्भराशिका लागि यो साता मध्यम फलदायी रहनेछ । कार्य लाभका योग देखिन्छन् । प्राज्ञिक कार्यमा उन्नति हुनेछ । मित्र जनबाट साथ सहयोग मिल्नेछ । पारिवारिक साथ सहयोग प्राप्त हुनेछ । सुखद् यात्राका अवसर प्राप्त हुनेछन् । जलीय पदार्थबाट विशेष लाभ रहनेछ । मंगलबारसम्म कार्यमा अवरोधका साथै स्वास्थ्यमा प्रतिकूलता देखिन्छ व्यापार व्यवसायमा वृद्धि हुनेछ । साताको अन्त्यमा मन पराउनेहरूले प्रेम प्रस्ताव राख्न सक्छन् ।

मीन (दि,दु,,,,दे,दो,,चि)

मीन राशिका लागि यो साता उन्नतिकारक रहनेछ । सामाजिक क्षेत्रबाट मान सम्मान मिल्ने छ ।पर्यटकिय क्षेत्रको वनभोजमा सहभागी भइनेछ, जसमा लामो समयदेखि भेटघाट तथा सम्पर्क नभएका साथीभाइसँग भलाकुसारी हुनेछ । मौसमी फेरबदलबाट आइलाग्ने सानातिना शारीरिक पीडाले पिरोल्ने सम्भावना छ । आहार–विहारमा संयम अपनाउनु नै उचित हुन्छ । साताको अन्त्यमा भौतिक साधन खरिद गर्ने अवसर जुट्न सक्छ ।

ट्याग -  साप्ताहिक राशीफल

SUGGESTED ARTICLES

img
७२ वर्षमा नागरिकता

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको एक महिलाले ७२ वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र बनाउनुभएको छ । जिल्ला प्रशासन कार्यालयले नगरपालिकाको वडा नम्बर ११ स्थित टाटामा सञ्चालन गरेको शिविरमा राज्यले उपलब्ध गराउने विभिन्न सेवा सुविधाबाट बञ्चित भएपछि वडा नम्बर ६ की ढुरल्या बोहराले बल्ल ७२ वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र बनाउनुभएको सहायक प्रमुख जिल्ला अधिकारी शेरबहादुर पुनले जानकारी दिनुभयो ।


by RSS | May 21

img