mobile

व्यासप्रज्ञा स्मारिका विमोचन

By RSS on Dec 09,2018 - 16:07

वेद अनुयायी प्रतिष्ठान नेपाल तनहुँले प्रकाशित गरेको ‘व्यासप्रज्ञा’ स्मारिकाको आज विमोचन गरिएको छ । प्रतिष्ठानले २०७४ कात्तिक १ गतेदेखि २०७५ वैशाख १ गतेसम्म आयोजना गरेको १८ महीने अखण्ड हरिकीर्तन र गत कात्तिक १ गतेदेखि ३० गतेसम्म आयोजना गरेको महामिलन पर्वको गतिविधिलाई समेटेर ‘व्यासप्रज्ञा’ स्मारिका प्रकाशन गरेको हो ।


स्मारिकाको विमोचन गर्दै नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा डा वेणीमाधव ढकालले वेदव्यासको अनुपम प्रज्ञा र प्राज्ञिक योगदानको प्रचारप्रसारका लागि स्मारिकाले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

भारतीय उपमहाद्वीप र विश्वका धेरै ठाउँमा आफ्नो ज्ञान गरिमाका कारण प्रसिद्ध भएका नारायण अंशावतार महर्षि वेदव्यासको उनकै जन्मभूमि नेपालमा अपेक्षित प्रचारप्रसार नहुनु दुःख लाग्दो विषय भएको उहाँको भनाइ थियो । व्यासदेवको अवतरण, तपस्या, ज्ञानप्राप्ति, शताधिक ज्ञानपुञ्ज कृतिहरूको रचना, वेदव्यासका सन्देश र सदाचार, सद्विचार उपदेशको प्रचारप्रसार गर्ने उद्देश्यले स्मारिका प्रकाशन गर्नु अत्यन्तै सकारात्मक कार्य रहेको ढकालले बताउनुभयो । 

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले व्यासभूमिको विकास र प्रचारप्रसारका लागि नगरपालिकाको तर्फबाट सहयोग रहने प्रतिबद्धता जनाउनुभयो । उहाँले धार्मिक, सांस्कृतिक र प्राकृतिक पर्यटनको माध्यमबाट व्यासभूमिको विकासका लागि नगरपालिकाले योजना बनाएको समेत बताउनुभयो । 

प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले स्मारिकाले व्यास क्षेत्रको प्रचारप्रसारका लागि सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो । व्यास जन्मभूमिको विकास र प्रचारप्रसारका लागि स्थानीयवासीको सक्रियता निकै सकारात्मक रहेको भन्दै उहाँले अध्ययन केन्द्र निर्माण गर्न सुझाव दिनुभयो । 
व्यासभूमिमा भएका विषयवस्तुलाई समावेश गरी यसको वास्तविक पहिचान पाठक समक्ष पु¥याउनुका साथै वैदिक सनातन धर्म संस्कृतिको संरक्षण एवं संवद्र्धनमा सहयोग पु¥याउने उद्देश्यले विशिष्ट विद्वानहरूको खोजपूर्ण लेख रचना समावेश गरी स्मारिका प्रकाशन गरिएको प्रतिष्ठानका जिल्ला अध्यक्ष कृष्णकान्त काफ्लेले जानकारी दिनुभयो । 

पुस्तकमाथि टिप्पणी गर्दै महेश संस्कृत गुरुकूल देवघाटका सहप्राध्यापक डा गुरुप्रसाद सुवेदीले पुस्तकमा १० वटा लेख व्यासको बारेमा र ८ वटा लेख व्यासभूमिको प्रचारप्रसारका लागि लेखिएको जानकारी दिनुभयो । (रासस)

ट्याग -  व्यास , प्रज्ञा स्मारिका विमोचन

SUGGESTED ARTICLES

img
महिलाको नाममा जग्गा लिनेको सङ्ख्या बढ्दै

बाजुरामा पछिलो समयमा महिलाको नाममा जग्गा लिनेको सङ्ख्यामा वृद्धि भएको छ । महिलाका नाममा जग्गा राख्दा लाग्ने राजश्व र पास गर्दा लाग्ने शुल्कमा २५ प्रतिशत छुट हुने हँुदा पछिल्लो समय महिलाको नाममा जग्गा लिनेको सङ्ख्यामा वृद्धि भएको जिल्ला मालपोत कार्यालय बाजुराले जनाएको छ । कार्यालय प्रमुख लक्ष्मणप्रसाद पाण्डेका अनुसार पछिल्लो समय महिलाको नाममा


by RSS | Jan 22

img