mobile

समितिलाई विभाग बनाइने : मन्त्री अधिकारी

By RSS on Dec 09,2018 - 16:30

संस्कृति, पर्यटन तथा नागरिक उडयनमन्त्री रवीन्द्र अधिकारीले वौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिलाई विभाग बनाउन लागिपरेको बताउनुभएको छ । बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिले आज जावलाखेलमा आयोजना गरेको ‘राष्ट्रिय बौद्ध सम्मेलन–२०७५’ को उद्घाटन कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । उहाँले भूकम्पले क्षतिग्रस्त गुम्बाको पुनःनिर्माण भइरहेको बताउनुभयो । बौद्ध धर्मालम्बीले साधना मात्र गरेर नहुनेमा उहाँको जोड छ । उहाँले भन्नुभयो, “साधना मात्र होइन कामसँगै साधना गर्नुपर्छ ।” 

समितिका अध्यक्ष खेन्पो कर्मा छिरिङ टाँसी लामाले बौद्ध धर्मको प्रचारप्रसार गर्नुपर्ने आवश्यता औँंलाउनुभयो । समितिका कार्यकारी निर्देशक नरेन्द्रकुमार गुरुङले गुम्बाको पुनःनिर्माणमा ढिलाइ गर्न नहुनेमा जोड दिनुभयो । समितिका सदस्य सचिव इन्द्रबहादुर गुरुङले बौद्ध धर्मलाई सरकारले प्राथमिकता नदिएको गुनासो गर्नुभयो । समितिका सदस्य दिपेन्द्र लामाले पञ्चशील नियमको पालनामा जोड दिनुभयो । कार्यक्रममा समितिका पदाधिकारी, कर्मचारी, बौद्ध धर्म गुरु, धर्मालम्बी, नेपाल भिक्षु महासङ्घ, नेपाल बौद्ध महासङ्घका पदाधिकारीलगायतको उपस्थिति छ । (रासस)

ट्याग -  समितिलाई विभाग , मन्त्री अधिकारी

SUGGESTED ARTICLES

img
सविधान संशोधन तथा लाल प्रतिवेदन सार्वजनिक होस् : राजपा

राष्ट्रिय जनता पार्टीले सर्वाेच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न पुनः माग गरेको छ । प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भमै उक्त पार्टीका नेता महेन्द्रप्रसाद यादवले सो प्रतिवेदन सार्वजनिक गर्न र संविधान संशोधनका लागि सभामुखबाट पुनः रुलिङ गर्न माग गर्नुभएको हो ।


by RSS | May 21

img