mobile

जाउलाखेललाई हराउँदै थ्रिस्टार लिगको दोस्रो स्थानमा

By RSS on Dec 09,2018 - 17:57

थ्रीस्टार क्लबले जाउलाखेल युथ क्लबलाई पराजित गर्दै शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको दोस्रो स्थानमा उक्लेको छ । 

सातदोबाटोस्थित एन्फा कम्लेक्सको मैदानमा आज भएको दोस्रो खेलमा थ्रिस्टारले जाउलाखेल माथि २–० को जित निकाल्दै अङ्क तालिकाको दोस्रो स्थानमा उक्लेको हो । थ्रिस्टारको जितमा रञ्जीत धिमाल नायक बने । उनले खेलको दोस्रो हाफमा दुई गोल गरे । खेलको ५२ मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै थ्रिस्टारलाई पहिलो अग्रता दिलाए । 

थ्रिस्टारका सुनिबल बलले डिबक्स एरियाभित्र प्रहार गरेको बललाई जाउलाखेलका खेलाडी कुलदीप कार्कीले ह्यान्ड गरेपछि थ्रिस्टारले पेनाल्टी पाएको थियो । खेलको ६९औँ मिनेटमा थ्रिस्टारका खेलाडी रञ्जन विष्टले एक्लै बल अगाडि लगिरहेको अवस्थामा जाउलाखेलका कुलदीप कार्कीले फाउल गरेपछि थ्रिस्टारले फ्रिकिक पाएको थियो, सोही फ्रिकिकलाई सदुपयोग गर्दै रञ्जीतले थ्रिस्टारका लागि विजयी गोल गरे । 

यता फाउल गरेका कुलदीपले रातो कार्ड खाएपछि जाउलाखेल १० खेलाडीमा सीमित बनेको थियो । थ्रिस्टारले सात खेलमा छ जित र एक हारसँगै १८ अङ्क जोडेको छ । यता पराजित जाउलाखेल चार अङ्कका साथ अङ्क तालिकाको १२औँ स्थानमा छ । जारी लिगमा मनाङ मस्र्याङ्दी क्लब पहिलो तथा सङ्कटा क्बल तेस्रो स्थानमा छ । खेलमा म्यान अफ द म्याच थ्रिस्टारका रञ्जीत धिमाल घोषित भए । (रासस)

ट्याग -  ए डिभिजन लिग फुटबल

SUGGESTED ARTICLES

img
दोस्रो अन्तर्राष्ट्रिय शृङ्खला : ब्याटिङमा सुधार गर्नुपर्ने चुनौती

संयुक्त अरब इमिरेट्स (युएई) सँगको एकदिवसीय र टी–२० शृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली आज त्यसतर्फ प्रस्थान गर्दैछ । एक दिवसीय मान्यता पाएपछि नेपालको यो दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ । प्रशिक्षणका क्रममा नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले यूएइविरुद्धको शृङ्खला जित्नुनै मुख्य लक्ष्य भएको बताए । 


by RSS | Jan 22

img