mobile

अविनाशको ‘लाइसेन्स ठेक्का’ सार्वजनिक

By RSS on Dec 10,2018 - 12:59

गायक अविनाश घिसिङको ‘लाइसेन्स ठेक्का’ (डम्फू) बोलको गीत आज सार्वजनिक भएको छ । युट्युबमार्फत् सार्वजनिक गरिएको उक्त गीतमा अविनाशसँगै मुना पख्रिनको स्वर सुन्न सकिन्छ । गीतमा शब्द तथा सङ्गीत पनि अविनाश र मुनाकै छ । भरत सिटौलाको निर्देशनमा तयार भएको भिडियोमा अविनाश र मान्सी लामाले अभिनय गरेका छन् । 

राजीव समरको नृत्य निर्देशन रहेको भिडियोमा अनिल के मानन्धरको छायाङ्कन तथा सुप्रिम पराजुलीको सम्पादन छ । घिसिङको यसअघि ‘कलकत्ते काइलो’ रिमिस्क गीत चर्चित बनको थियो । (रासस)

ट्याग -  गीत सार्वजनिक

SUGGESTED ARTICLES

img
लघु चलचित्र ‘अप्पन’ उत्कृष्ट

नेपाली सेनाद्वारा आयोजित २०७५ को लघु चलचित्र प्रतियोगितामा ‘अप्पन’ चलचित्र उत्कृष्ट घोषित भएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले जङ्गी अड्डास्थित सभामण्डपमा आज साँझ आयोजित समारोहमा उक्त चलचित्रका निर्माता कृष्णकुमार महतोलाई नगद रु दुई लाखसहित प्रशंसापत्र प्रदान गर्नुभयो । प्रतियोगितामा गगनकुमार श्रेष्ठको ‘चाहना’ र प्रद्युम्न मिश्रको ‘हातेमालो’ चलचित्र क्रमशः दोस्रो र तेस्रो घोषित भए ।


by RSS | May 15

img