mobile

नेपाल मेडिकल एण्ड ल्याब एक्सपो –२०१८ हुँदै

By Anu Rana on Dec 10,2018 - 17:39

यही आउँदो डिसेम्बर १४ देखि १६ सम्म भृकुटि मण्डपमा तेस्रो नेपाल मेडिकल तथा ल्याव एक्सपो २०१८ आयोजना हुने भएको छ ।

एसडि प्रोमो मिडिया र केमिकल एण्ड मेडिकल सप्लायर्स एसोसिएशन अफ नेपालले आयोजना गरेको उक्त एक्स्पोमा मेडिकल एण्ड सर्जिकल इक्युपमेन्ट, डायगनोस्टिक्स, मेडिकल डिस्पोजेबल्स, फर्निचर एण्ड इन्फास्ट्रक्चर लागयतका सरसामानहरु प्रदर्शनीमा राखिने छ । यस्तै आइटी सर्भिस प्रोभाइडर, मेडिकल वेस्ट म्यानेजमेन्ट, फर्म्यासिलिटी म्यानेजमेन्ट, कमप्लीट हस्पिटल प्रोडक्ट्स एण्ड सपोर्ट सर्भिसेस, ल्याब, एनालाईटिकल, साइन्टिफिक एण्ड बायोटेक्निकल इन्सट्रुमेन्ट्स एण्ड कन्ज्युमेबल्सको को पनि प्रदर्शनी हुने आयोजकले जानकारी दिएको छ ।

प्रदर्शनीमा २ सय भन्दा बढि कम्पनीहरु र ५ सय भन्दा बढि ब्राण्डहरुको उपस्थिती र १० मुलुकका अफिसर, डाक्टर, निति निमार्णकर्ता, उद्योगपति तथा वैज्ञानिकहरु भेला हुनेछन ।

नेपालको स्वास्थ्य क्षेत्रमा योगदान दिने उद्देश्यले नेपाल मेडिकल एण्ड ल्याब एक्सपो आयोजना हुन लागेको हो । यस अन्तर्राष्ट्रिय एक्सपोमा मेडिकल एण्ड सर्जिकल इक्युपमेन्ट, डायगनोस्टिक्स, मेडिकल डिस्पोजेबल्स, फर्निचर एण्ड इन्फास्ट्रक्चर, आइ ।टी । सर्भिस प्रोभाइडर, मेडिकल वेस्ट म्यानेजमेन्ट, फ्यासिलिटी म्यानेजमेन्ट, कमप्लिट हस्पिटल प्रोडक्ट्स एण्ड सपोर्ट सर्भिसेस, ल्याब, एनालाईटिकल, साइन्टिफिक एण्ड बायोटेक्निकल इन्सट्रुमेन्ट्स एण्ड कन्ज्युमेबल्सको प्रदर्शनी हुनेछ । उक्त एक्सपोको उद्घाटन स्वास्थ्यमन्त्री उपेन्द्र यादवको हातबाट हुने भएको छ ।

एक्सपोका साथसाथै दुईवटा सम्मेलन पनि आयोजना गर्ने एस ।डि । प्रोमोले जानकारी दिएको छ । पहिलो सम्मेलन १४ डिसेम्बरमा हुनेछ, जसमा यस उद्योगसँग सम्बन्धित विज्ञहरुले स्वास्थ्य क्षेत्र तथा ल्याव प्रविधीमा भएका विकासका बारेमा छलफल गर्नेछन् । यस सम्मेलनमा सम्बन्धित सरकारी, मेडिकल शिक्षा, संघसंस्थाहरु तथा आयोजकहरुसंग आबद्ध व्यक्तिहरुले स्वास्थ्य क्षेत्रमा दिगो विकासका उपायहरु माथि छलफल गर्नेछन् ।

यसैगरी डिसेम्बर १५ मा “अस्पताल व्यवस्थापन” शिर्षकमा अर्को सम्मेलन गरिनेछ जसमा अस्पताल व्यवस्थापन सम्बन्धि बिभिन्न विषयमा प्रयोगात्मक उपायहरुको छलफल तथा उदाहरण दिइनेछ । यो दोस्रो सम्मेलनमा ४०० भन्दा बढि डाक्टरहरुको उपस्थिती रहनेछ ।

 

 

ट्याग -  नेपाल मेडिकल एण्ड ल्याब एक्सपो –२०१८ हुँदै

SUGGESTED ARTICLES

img
अमेरिकामा साइबर संकटकालको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी अधिकार प्रयोग गर्दै विदेशी साइबर हमलाको अवस्थाबाट अमेरिकी कम्प्युटरलाई बचाउनका लागि राष्ट्रिय संकटकाल घोषणा गरेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले बुधबार एक कार्यकारी आदेश जारी गर्दै राष्ट्रिय संकटकालको घोषणा गरेका हुन् ।


by Anu Rana | May 20

img