mobile

नेपाल लिटरेचर फेस्टिभल पोखरामा

By Anu Rana on Dec 10,2018 - 17:41

नेपाल लिटरेचर फेस्टिभल आगामी पुस ७ देखि १० गतेसम्म पोखरामा हुने भएको हो । एक सयभन्दा बढी स्वदेशी तथा विदेशी लेखक सहभागी हुने फेस्टिभलमा तीन दर्जनभन्दा बढी सेसन सञ्चालन हुने आयोजक बुकवर्म फाउन्डेसनले जानकारी दिएको छ ।

सातौं संस्करणमा स्वदेशीसहित डा । निकोला स्ट्रिटेन (बेलायत), मोहम्मद हनिफ (पाकिस्तान), प्रज्ज्वल पराजुली (भारत), नमिता गोखले (भारत), हरिश नाम्बियर (भारत), मञ्जुश्री थापा (क्यानडा) लगायतका लेखक तथा साहित्यकार सहभागी हुने फेस्टिभल संयोजक रविन गिरीले बताए । उनका अनुसार यसपटक साहित्य महोत्सवमा नयाँ लेखकसाहित्यकार पनि वक्ता रहने छन् ।

फेस्टिभलका निर्देशक अजित बरालले पत्रकार भेटघाटमा बोल्दै फेस्टिभलले नेपाली र अन्य भाषा र भूगोलका साहित्यलाई एउटै मञ्चमा ल्याएर मन्थन गर्ने, स्रष्टा र पाठकबीचको दूरी कम गर्ने र फरक विचारहरूलाई उत्तिकै सम्मानका साथ स्थान दिने गरेको बताए । पहिलोदेखि सातौं सम्मेलनसम्मको आकर्षकण भनेको राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा चर्चित लेखक, साहित्यकारको एकै थलोमा जमघट रहेको उनले बताए ।

‘शक्ति र सत्ताका आडमा फैलाइएका भय, घृणा र असहिष्णुताले स्वतन्त्र र कल्पनाशील सिर्जना सम्भव नहुने र त्यस्तो अवस्थामा शब्दले जीवन पनि नपाउने हुँदा यसखाले सबैको मञ्चको महœव अझ बढेको छ,’ निर्देशक बरालले भने ।

रेमिट्यान्स कम्पनी आइएमई ग्रुप र फाउण्डेसनबीच फेस्टिभल प्रायोजन सम्झौता भएको आयोजक संस्थाका अध्यक्ष अजित बरालले जानकारी दिए ।

यो सातौं लिटरेचर फेस्टिभल पोखरामा गर्नुका कारणबारे सञ्चारर्मीको जिज्ञासामा फेस्टिभलका कार्यकारी निर्देशक नीरज भारीले पोखराको पर्यटन क्षेत्रमा सहयोग गर्न पनि सम्मेलन पोखरामा आयोजना गर्न लागिएको पनि बताउनु भ्एको हो। पोखरालाई पर्यटनको हबका रूपमा विकास गर्न पनि सम्मेलनले सघाउने उहाले बताउनु भ्एको हो । आफूहरू राष्टिय एवं अन्तर्राष्टिय क्षेत्रमा आयोजना हुने साहित्य सम्मेलनमा जोडिने चाहना उहाले  कार्यक्रममा व्यक्त गर्नुभ्एको छ।

नेपाल लिटरेचर फेस्टिभलमा को–को आउँदैछन् ?

यो फेस्टिभलमा बेलायतबाट डा । निकोला स्ट्रिटेनसँगै पाकिस्तानबाट मोहम्मद हनिफ, भारतबाट नमिता गोखले, हरिश नाम्बियर, प्रज्ज्वल पराजुली र क्यानडाबाट नेपाली लेखिका मञ्जुश्री थापा सहभागी हुँदै छन् । यीसँगै नेपालका चर्चित लेखकहरूको जमघट रहने पनि आयोकज पक्षले पत्रकार भेटघाटका क्रममा जानकारी गरायो । चार दिन चल्ने महोत्सवमा ३५ वटासम्म सेसन सञ्चालन हुनेछन् भने भारतका प्रख्यात लेखक गुरुचरण दासले कि नोट स्पिच दिनेछन् ।

महोत्सवका क्रममा बेलायती ग्राफिक नोभलिस्ट निकोला स्ट्रिटनले सञ्चालन गर्ने तीनदिने वर्कसपमा नि:शुल्क भाग लिन पाइनेछ जसका लागि ब्रिटिस काउन्सिलले सहयोग गरेको छ । त्यस्तै काउन्सिलकै अग्रसरतामा क्रिएटिङ हिरोइन्स प्रोजेक्ट अन्तर्गत एउटा विशेष प्रदर्शनी समेत हुनेछ । यो कार्यक्रम महिलाहरूलाई रोल मोडल बनाउनुपर्छ भन्ने उद्देश्यले सञ्चालन गर्न लागिएको हो ।

ट्याग -  नेपाल लिटरेचर फेस्टिभल पोखरामा

SUGGESTED ARTICLES

img
लघु चलचित्र ‘अप्पन’ उत्कृष्ट

नेपाली सेनाद्वारा आयोजित २०७५ को लघु चलचित्र प्रतियोगितामा ‘अप्पन’ चलचित्र उत्कृष्ट घोषित भएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले जङ्गी अड्डास्थित सभामण्डपमा आज साँझ आयोजित समारोहमा उक्त चलचित्रका निर्माता कृष्णकुमार महतोलाई नगद रु दुई लाखसहित प्रशंसापत्र प्रदान गर्नुभयो । प्रतियोगितामा गगनकुमार श्रेष्ठको ‘चाहना’ र प्रद्युम्न मिश्रको ‘हातेमालो’ चलचित्र क्रमशः दोस्रो र तेस्रो घोषित भए ।


by RSS | May 15

img