mobile

काठमाडौँद्वारा चितवन पराजित

By RSS on Dec 10,2018 - 17:53

तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल)अन्तर्गत आज भएको पहिलो खेलमा काठमाडौँ किंग्स इलाभेनले चितवन टाइसर्गलाई ६ विकेटले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा चितवनले दिएको १६१ रनको चुनौतीलाई काठमाडौँ किंग्सले १८ दशमलव ५ ओभरमा ४ विकेट गुमाउँदै पूरा ग–यो । काठमाडौँ किंग्सका लागि भारतीय खेलाडी सुब्रमण्यम आनन्दले अविजित ४३ रन, सागर पुनले ३९, नरेश बुढाऐरले २२ तथा अमित श्रेष्ठले १८ रन बनाए । 

बलिङतर्फ चितवनका लागि साहव आलमले दुई, ललितसिंह भण्डारीले र पल स्टर्लिङले एक÷एक विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङ गरेको चितवनले १९ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १६० रन बनायो । चितवनका लागि दीपेन्द्र सिंह ऐरीले ४५ रन जोडे भने पल स्टर्लिङले ३४, सन्दीप सुनारले २५, पृथु बाँस्कोटाले अविजित २० तथा भीम सार्कीले ७ रन बनाए । बलिङतर्फ काठमाडौँका लागि सम्शाद सेख र प्रदीप साहुले तीन÷तीन तथा सागर पुन, अमरसिंह राउटेला र केभिन ओ व्रायनले एक÷एक विकेट लिए । 

अहिले अर्को खेलमा पोखरा राइनोजले ललितपुर प्याट्रियट्सविरुद्ध ब्याटिङ गरिरहेको छ । (रासस)

ट्याग -  एभरेष्ट प्रिमियर लिग

SUGGESTED ARTICLES

img
उप–प्रमुख महिला क्रिकेट हुने

जिल्लामा उप–प्रमुख कप महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । दशरथचन्द नगरपालिकामा यही जेठ २३ गतेदखेखि दोस्रो संस्करणको उपमेयर कप शुरु हुनेछ । दशरथचन्द नगरपालिकाको सहयोग तथा नगर क्रिकेट समितिको आयोजनामा उक्त प्रतियोगिता सञ्चालन हुन लागेको हो ।


by RSS | May 21

img