mobile

फ्रान्समा सरकारविरोधी प्रदर्शन हिंसात्मक हुँदै  

By Anu Rana on Dec 10,2018 - 21:50

 इन्धनमा भएको मूल्यवृद्धिको विरोधमा प्रदर्शनमा उत्रेका प्रदर्शनकारीहरुले फ्रान्सका राष्ट्रपति इम्यान्युल माँक्रोनको राजीनामा माग गरेका छन्। 

राष्ट्रपति माँक्रोनको नीतिको विरोध गर्दै देशका विभिन्न भागमा हिंसात्मक प्रदर्शनमा उत्रेका 'एल्लो भेष्ट' आन्दोलनकारीहरुको मुख्य नारा नै 'माँक्रोनको राजीनामा' भएको छ।

देशका विभिन्न ठाउँमा प्रदर्शनमा सहभागी उनीहरुलाई पक्राउ गरिएको गृह मन्त्रालयले आइतबार जनाएको छ । पक्राउ परेकामध्ये एकहजार २२० जनालाई अर्को आदेश नभएसम्म थुनामा राख्न आदेश दिइएको छ । 

शनिवार भएको प्रदर्शनमा एक लाख ३६ हजारभन्दा बढी प्रदर्शनकारीहरुले भाग लिएका थिए । प्रदर्शनका क्रममा भएको झडपमा परी १ सय ३५ जना घाइते भएका छन् ।

गत महीना इन्धनको मूल्यवृद्धि गर्ने राष्ट्रपतिको निर्णय विरुद्धको प्रदर्शन हिंसात्मक हुँदै गएपछि अहिले प्रदर्शनकारीहरुले राष्ट्रपतिकै राजीनामा माग्न थालेका छन् ।

फ्रान्सको सीमा क्षेत्रमा बेल्जियमका युवाले पनि ऐक्यबद्धता ब्यक्त गर्दै प्रदर्शनमा भाग लिएका छन् । त्यहाँबाट पनि दर्जनांै पक्राउ भएका थिए । आन्दोलनका हिंसात्मक नबनोस भनेर प्रदर्शनस्थलमा ठूलो संख्यामा प्रहरी खटाइएको त्यहाँको सरकारले बताएको छ ।

प्रदर्शनकारीले सवारी आवागमनमा रोक लगाएका छन् । उनीहरुले राजमार्गमा नै प्रदर्शन गरेका थिए भने सर्वसाधारणलाई बाटो हिँड्न पनि दिएका छैनन् । 

फ्रान्सको सीमा क्षेत्रमा बेल्जियमका युवाले पनि उक्त आन्दोलमा ऐक्यबद्धता जनाउँदै प्रदर्शनमा भाग लिएका छन्। शनिबार बेल्जियमको राजधानीमा ७० जनालाई पक्राउ गरिएको थियो। प्रहरीले पहेँलो पोशाकधारीको प्रदर्शनबाट असुरक्षा नहोस् भनेर प्रदर्शनस्थलमा ठूलो संख्यामा प्रहरी खटाएको जनाएको छ। प्रदर्शनकारीले सवारी आवागमनमा रोक लगाएका थिए। उनीहरूले राजमार्गमा प्रदर्शन गरेका थिए भने सर्वसाधारण मानिसलाई बाटो हिँड्न पनि दिएका थिएनन्। ब्रसेल्समा यूरोपियन यूनियनका कार्यालय भएको भन्दै बेल्जियम सरकारले पनि उनीहरूलाई कडा कारबाही गर्ने बताएको छ।

डोनाल्ड ट्रम्पप्रति आपत्ति

 फ्रान्समा चलिरहेको आन्दोलनका बारेमा ट्विट गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति फ्रान्सले आपत्ति प्रकट गरेको छ। यो आन्तरिक मामला भएकोबताउँदै यसबाट टाढै रहन आग्रह गरिएको छ। फ्रान्सेली विदेशमन्त्री जँ भेस द्रयाँलदे एलसीआई टेलिभिजनमार्फत भने, ‘हामी अमेरिकाको घरेलु राजनीतिमा हस्तक्षेप गर्दैनौं। हाम्रो आन्तरिक मामिलामा पनि अमेरिकाले हस्तक्षेप नगरोस्।’ फ्रान्सेली राष्ट्रपति पनि ट्रम्पको अनावश्यक चासोबाट असन्तुष्ट भएको उनले खुलासा गरे।

ट्याग -  फ्रान्समा सरकारविरोधी प्रदर्शन हिंसात्मक हुँदै  

SUGGESTED ARTICLES

img
युद्ध भए इरान ध्वस्त हुनेछ': डोनाल्ड ट्रम्प  

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकासँग युद्ध गर्न खोजे इरान ध्वस्त हुने चेतावनी दिएका हुन्। ट्रम्पले ट्वीटरमा 'यदि इरान युद्ध लड्न चाहन्छ भने त्यो इरानको औपचारिक अन्त्य हुनेछ। त्यसैले अमेरिकालाई फेरि कहिल्यै नधम्काउनु' लेख्दै चेतावनी दिएका हुन्।


by Anu Rana | May 21

img