mobile

उद्धार गरिएका १२ नेपाली चेली बेपत्ता

By Anu Rana on Dec 10,2018 - 21:49

हरेक दिन नेपालबाट सम्पती कमाउने लोभमा नेपाली चेली भारत लगायत अन्य मुलुकहरुमा बेचिने गरेका छन । उनीहरुले यी देशहरुमा यौंनकर्मीको रुपमा काम गर्ने गरेका छन । भारतमा पनि नेपाली चेलीहरुको विक्रि लामो समयदेखि चल्दैं आएको छ । यसैं बिचभारतको राजधानी नयाँदिल्लीस्थित एउटा कोठीबाट उद्धार गरिएका आठ नेपाली चेली नौ दिनदेखि बेपत्ता छन् ।

उनीहरुसँगै उद्धार गरिएका अन्य चारलाई यसअघि नै आश्रलयबाटै बेपत्ता पारिएको थियो । दिल्लीस्थित जीबी रोडमा रहेको बेश्यालयबाट २०१७ नोभेम्बरमा उद्धार गरिएका उनीहरु मंसिर १५ गते रातिदेखि बेपत्ता भएका हुन् ।

उनीहरूलाई एक वर्षअघि त्यहाँबाट झिकेर आश्रममा राखिएको थियो। उद्धार गरिएका १४ मध्ये आठ जना दिल्लीकै गार्डेनस्थित संस्कार आश्रमबाट मंसिर १५ गते राति हराएका हुन्। उनीहरू १६ देखि २२ वर्षसम्मका छन्। जीबी रोडबाटै उद्धार गरिएका अन्य चार नेपाली चेली यसअघि नै बेपत्ता थिए। अन्य दुईलाई भने अभिभावको जिम्मा लगाई नेपाल फर्काइएको थियो। पछिल्लो पटक बेपत्ता भएकामध्ये तीन जना नुवाकोट र दुई जना काभ्रेका हुन्। अन्य युवतीहरू तेह्रथुम, मकवानपुर र सिन्धुपाल्चोकका हन्।

उद्धार गरिएका सहित नौ जना मंसिर १ मा आ श्रमबाट हराएपछि दिल्ली महिला आयोगले त्यहाँका उपमुख्यमन्त्री मनीष सिसौदियालाई घटनाको जानकारी गराएको थियो। युवती हराएको भन्दै सिसौदियाले दिल्लीस्थित उत्तरपूर्व जिल्लाका महिला बाल विकास विभाग अधिकारी र आश्रमका अध्यक्षलाई बर्खास्त गरिसकेका छन्।

उद्धारको लामो पहल

दिल्लीको कोठीमा रहेका नेपाली चेलीको उद्धार गरिएपछि बाल कल्याण समितिले २०१७ डिसेम्बरमै परिवारलाई भेट्न दिने पहल गर्न दिल्लीस्थित नेपाली दूतावासलाई पत्राचार गरेको थियो। नेपालको परराष्ट्र मन्त्रालयले युवतीहरूको ठेगाना खुलेको भन्दै गत साउन १७ गते नेपाली दूतावासलाई घर पठाउन पहल गर्न भनेको थियो।

दिल्ली महिला आयोगले क्राइम ब्रान्चको सहयोगमा दुई पटक छापा मारेर १६ जनाको उद्धार गरेको पत्रकार जैरूले जानकारी दिए। पत्रकार जैरूका अनुसार उनीहरूलाई उद्दार गरिएपछि आफन्तको जिम्मा लगाउन भन्दै तत्काल सरकारी महिला आश्रय गृह (नारी निकेतन र निर्मल छाया कम्प्लेक्स) मा राखिएको थियो। त्यसपछि उनीहरूलाई क्याटेलिस्ट नामक आश्रयमा सारियो। त्यहाँबाटै चार चेली बेपत्ता भएका थिए। उनीहरूको पनि अवस्था अहिलेसम्म अज्ञात छ।

आश्रय गृहमा बाँकी १० मध्ये २ नेपाली चेलीलाई अदालतमार्फत आफन्तलाई दिल्लीमै बोलाएर बुझाइयो। उनीहरू नेपाल फर्किसकेका छन्। बाँकी आठ किशोरीलाई गत ४ मे २०१८ मा संस्कार आश्रम पठाइएको थियो। त्यही आश्रमबाट १ डिसेम्बर राति उनीहरू पनि बेपत्ता भएका हुन्।

ट्याग -  उद्धार गरिएका १२ नेपाली चेली बेपत्ता

SUGGESTED ARTICLES

img
बालिका एघार दिनदेखि बेपत्ता

उत्तरी पर्वतको जलजला गाउँपालिका–७ धाइरिङकी एक बालिका विगत ११ दिनदेखि बेपत्ता बनेकी छिन् । चैत २ गते दिउँसो १२ बजे घाँस काट्न भन्दै खेतमा गएकी १४ वर्षीया सुनिता रिजाल अझैसम्म पनि सम्पर्कमा आएकी छैनन् । गहुँगोरो अनुहार भएकी, खैरो कपाल गरेकी अन्दाजी पाँच फिट उचाइ भएकी रिजाल घरभन्दा केही तलको सल्यानफाँटमा घाँस काट्न भनी गएको तर अहिलेसम्म नफर्किएको स्थानीय


by RSS | Today, 11:44 AM

img