mobile

सडक दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या बढ्दै

By RSS on Dec 11,2018 - 11:00

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को ‘सडक सुरक्षाको विश्वव्यापी अवस्थाको प्रतिवेदन २०१८’ अनुसार विश्वमा सडक दुर्घटनामा मर्नेको सङ्ख्यामा निरन्तर वृद्धि भइरहेको पाइएको छ । डब्लुएचओले हालै सार्वजनिक गरेको उक्त प्रतिवेदनअनुसार सन् २०१६ को तथ्याङ्कलाई विश्लेषण गर्दा सडक दुर्घटनमा मृत्यु हुनेको सङ्ख्या विश्वभर १३ लाख ५० हजार पुगेको छ । सन् २०१३ को तथ्याङ्कभन्दा यो सङ्ख्या एक लाखले बढी हो । 

डब्लुएचओका महानिर्देशक डा ट्रेडोस अधानोम गेब्रेएससले उक्त प्रतिवेदन सार्वजनिक गर्दै सडक दुर्घटना कम हुने उपाय अवलम्बन गर्न सबै साझेदार र सरकारलाई आह्वान गर्नुभएको छ । यस वर्षको प्रतिवेदनमा सन् २०१६ भरिमा भएका सडक दुर्घटनाका मृतकको सङ्ख्याका आधारमा अनुमान तयार पारिएको छ । नेपालमा सडक दुर्घटनामा मर्नेको सङ्ख्या चार हजार ६२२ रहेको अनुमान गरिएको छ । नेपालका लागि सडक दुर्घटनाबाट हुने मृत्युको दर १५.९ प्रतिएक लाख जनसङ्ख्या अनुमान गरिएको छ । 

बङ्गलादेश, अफगानिस्तान, श्रीलङ्का, पाकिस्तानमा यो दर नेपालभन्दा कम (१४ र १५ को बीचमा) रहेको छ । प्रतिवेदनअनुसार पश्चिम अफ्रिकी देश लाइबेरियामा सडक दुर्घटनाबाट हुने मृत्युको दर सबैभन्दा उच्च (३५.९ प्रतिएक लाख जनसङ्ख्या) रहेको छ भने दक्षिण एशियाली मुलुक माल्दिभ्समा यो दर सबैभन्दा कम (०.९ प्रतिएक लाख जनसङ्ख्या) रहेको छ । (रासस)

ट्याग -  सडक दुर्घटना

SUGGESTED ARTICLES

img
नेदरल्याण्डमा अन्धाधुन्ध गोलीबारीः तीनको मृत्यु  

नेदरल्याण्डकाे यूट्रेख्ट शहरमा ट्रलीबसमा एक जना व्यक्तिले अन्धाधुन्ध गाेली चलाउँदा  ३ जनाको मृत्यु भएको त्यहाँको मेयरले बताएका छन् ।


by Anu Rana | Mar 19

img