mobile

आँखा अस्पताललाई रु ५० लाख

By RSS on Dec 11,2018 - 11:20

नेपाल नेत्रज्योति सङ्घ दाङको भौतिक पूर्वाधार निर्माणका लागि निर्वाचन क्षेत्र विकास कोष, दाङ क्षेत्र नं १ बाट रु ५० लाख रकम विनियोजन भएको छ । उक्त संस्थाको विकास तथा विस्तारका लागि भौतिक पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यक देखिएकाले सो रकम विनियोजन गरिएको प्रतिनिधिसभाका सदस्य मेटपणि चौधरीले जानकारी दिनुभयो । निर्वाचन क्षेत्र पूर्वाधार विकास कोष कार्यविधि– २०७५ अन्तर्गत रही सो रकम खर्च गर्नुपर्ने उहाँले बताउनुभयो । 

नेपाल नेत्रज्योति सङ्घअन्तर्गत सञ्चालित आँखा अस्पताल लमहीको भौतिक पूर्वाधार विकासका लागि गुरुयोजना तयार भएको र सो रकमबाट अस्पतालको कर्मचारी आवास भवन निर्माण गर्ने योजना रहेको आँखा अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत शम्शेर थापाले जानकारी दिनुभयो । “सङ्घको भौतिक पूर्वाधार विकासका लागि यस क्षेत्रका प्रतिनिधिसभा सदस्यले देखाउनुभएको सदासयता र सहयोगप्रति हामी आभारी छौँ”, नेपाल नेत्रज्योति सङ्घ दाङका सभापति कृष्णकुमार गिरीले भन्नुभयो, ‘‘यसले हामीलाई थप हौसला र अस्पतालको विकास तथा विस्तारमा लाग्न प्रेरित गरेको छ ।”नेपाल नेत्रज्योति सङ्घ दाङले हाल तीन वटा आँखा अस्पताल र विभिन्न जिल्लामा आँखा उपचार केन्द्र स्थापना गरी आँखा उपचार सम्वन्धी सेवा दिँदै आएको छ । (रासस)

ट्याग -  आँखा अस्पताल

SUGGESTED ARTICLES

img
महिलाको नाममा जग्गा लिनेको सङ्ख्या बढ्दै

बाजुरामा पछिलो समयमा महिलाको नाममा जग्गा लिनेको सङ्ख्यामा वृद्धि भएको छ । महिलाका नाममा जग्गा राख्दा लाग्ने राजश्व र पास गर्दा लाग्ने शुल्कमा २५ प्रतिशत छुट हुने हँुदा पछिल्लो समय महिलाको नाममा जग्गा लिनेको सङ्ख्यामा वृद्धि भएको जिल्ला मालपोत कार्यालय बाजुराले जनाएको छ । कार्यालय प्रमुख लक्ष्मणप्रसाद पाण्डेका अनुसार पछिल्लो समय महिलाको नाममा


by RSS | Jan 22

img