mobile

बेरोजगार युवालाई सिकर्मी तालीम

By RSS on Dec 11,2018 - 11:33

आयआर्जन तथा जीविकोपार्जनमा सहयोग पु–याउने उद्देश्यले बेरोजगार युवाका लागि एक महीने सिकर्मी तालीम मार्तडीमा शुरु भएको छ । सहयोगी हातहरुको समूह (सहास) नेपालको सहयोगमा सञ्चालित सो उक्त तालीममा १० जना सहभागी छन् । 

फर्निचरसम्बन्धी सामग्री बजारबाट बनाएर गाउँमा पु–याउनुभन्दा गाउँकै बेरोजगार युवालाई यस सम्बन्धी तालीम दिई उपभोक्ताको माग र उनीहरुको आयस्रोतमा समेत वृद्धि गर्ने लक्ष्यका साथ तालीम सञ्चालन गरिएको सहास नेपालका जिल्ला वित्त प्रबन्धक नैनकुमार परियारले बताउनुभयो । तालीमका सहभागीलाई प्रतिव्यक्ति रु १० हजार १३१ बराबरको फर्निचर सम्बन्धी विभिन्न औजार र उपकरणसमेत सहयोग स्वरुप उपलव्ध गराइएको सहास नेपाल बाजुराका संयोजक रामबहादुर खत्रीले जानकारी दिनुभयो । (रासस)

ट्याग -  सिकर्मी , तालीम

SUGGESTED ARTICLES

img
७२ वर्षमा नागरिकता

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको एक महिलाले ७२ वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र बनाउनुभएको छ । जिल्ला प्रशासन कार्यालयले नगरपालिकाको वडा नम्बर ११ स्थित टाटामा सञ्चालन गरेको शिविरमा राज्यले उपलब्ध गराउने विभिन्न सेवा सुविधाबाट बञ्चित भएपछि वडा नम्बर ६ की ढुरल्या बोहराले बल्ल ७२ वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र बनाउनुभएको सहायक प्रमुख जिल्ला अधिकारी शेरबहादुर पुनले जानकारी दिनुभयो ।


by RSS | May 21

img