mobile

जनता बैंकले नगद लाभांश दिने

By RSS on Dec 11,2018 - 17:58

जनता बैंक लिमिटेडले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट आठ दशमलव ५० प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकले आफ्ना शेयरधनीलाई उक्त परिमाणको नगद लाभांश दिने प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले उक्त प्रस्ताव गरेको हो । बैंकको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र साधारणसभाबाट पारित भएपछि शेयरधनीलाई वितरण गरिनेछ । 

बैंकका अनुसार रु आठ अर्ब सात लाख ८५ हजार ९२५ चुक्तापूँजीको आठ दशमलव ५० प्रतिशत बराबरको रु ६८ करोड ६० लाख ६६ हजार ८०३ बराबर नगद लाभांश वितरण गर्न लागिएको हो । बैंकले गत वर्ष १४ दशमलव ४० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । सो बैंकले आव २०७४/७५ मा रु ९३ करोड ४७ लाख बढी वितरणयोग्य मुनाफा आर्जन गरेको थियो । (रासस)

ट्याग -  नगद लाभांश

SUGGESTED ARTICLES

img
सुपरजोनमा समेटिएपछि गहुँको उत्पादन वृद्धि

गहुँ बालीको सुपरजोन कार्यक्रमबाट कैलालीको उदासीपुर गाउँका कृषक गोविन्द चौधरीको गहुँको उत्पादन उत्पादन बढेको छ । गएको वर्ष गहुँको राम्रो उत्पादन गर्नुभएका उहाँलाई सुपरजोनको कार्यालयले नगद पुरस्कारसमेत प्रदान गरेकाले उहाँमा हौसला बढेको थियो । बालीमा ‘क्रप कटिङ‘ गरेर तोकिएको मापदण्डका आधारमा बढी उत्पादन गर्नेलाई गएको वर्ष पुरस्कार दिइएको थियो ।


by RSS | Mar 22

img