mobile

राजश्व सङ्कलनमा वृद्धि

By RSS on Dec 11,2018 - 18:11

आन्तरिक राजश्व कार्यालय तुलसीपुरले चालु आर्थिक वर्षको हालसम्ममा रु ७२ करोड २७ लाख ४८ हजार राजश्व सङ्कलन गरेको जनाएको छ । सो अवधिमा रु ६७ करोड ९६ लाख ४९ हजार राजश्व उठाउने लक्ष्य लिएको कार्यालयले लक्ष्यभन्दा बढी अर्थात रु चार करोड ३० लाख ९९ हजार राजश्व सङ्कलन गर्न सफल भएको हो । 

कार्यालय प्रमुख लीलाप्रसाद शर्माले दिनुभएको जानकारी अनुसार यसरी सङ्कलन भएको राजश्वमा सबैभन्दा बढी आयकरतर्फ रु २७ करोड ३७ लाख ४३ हजार, त्यस्तै मूल्य अभिवृद्धि करतर्फ रु २६ करोड १८ लाख ७५ हजार, घरबहाल करतर्फ रु दुई करोड ५४ लाख ८३ हजार राजश्व सङ्कलन भएको छ । 

त्यस्तै अन्तःशुल्क करतर्फ रु १४ करोड ४९ लाख सात हजार, ब्याज करतर्फ रु एक करोड १२ लाख ३४ हजार, शिक्षा शुल्क करतर्फ रु ३२ लाख ७२ हजार र स्वास्थ्य सेवा करतर्फ रु २२ लाख ३४ हजार राजश्व सङ्कलन भएको हो । 

कार्यालय प्रमुख शर्माले विभिन्न जिल्लामा एकीकृत घुम्ती कर शिविर सेवा सञ्चालन हुनु, यस क्षेत्रमा विकास निर्माणका कामले तीव्रता पाउनु, करदातामा कर तिर्नुपर्छ भन्ने भावनाको विकास हुनु, सरकारले पनि राजश्व सङ्कलन वृद्धिका लागि विभिन्न नीति एवं अभियान सञ्चालन गर्नु जस्ता गतिविधिले राजश्व सङ्कलन वृद्धि भएको बताउनुभयो । हाल सो कार्यालयअन्तर्गत दाङ, प्यूठान, रोल्पा लगायतका जिल्लामा जम्मा ७२ हजार ३३३ करदाता रहेका छन् । (रासस) 

ट्याग -  राजश्व

SUGGESTED ARTICLES

img
युद्ध भए इरान ध्वस्त हुनेछ': डोनाल्ड ट्रम्प  

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकासँग युद्ध गर्न खोजे इरान ध्वस्त हुने चेतावनी दिएका हुन्। ट्रम्पले ट्वीटरमा 'यदि इरान युद्ध लड्न चाहन्छ भने त्यो इरानको औपचारिक अन्त्य हुनेछ। त्यसैले अमेरिकालाई फेरि कहिल्यै नधम्काउनु' लेख्दै चेतावनी दिएका हुन्।


by Anu Rana | May 21

img