mobile

समाजमा हुने भ्रष्टाचार ‘सय कडा १०’ मा

By RSS on Dec 12,2018 - 13:44

समाजमा व्याप्त भ्रष्टाचारजन्य गतिविधिलाई प्रस्तुत गर्दै त्यसको न्यूनीकरणमा सहयोग पु–याउने लक्ष्यका साथ ‘सय कडा १०’ चलचित्र निर्माण हुने भएको छ । 

आगामी माघ १८ गते प्रदर्शनमा ल्याउने गरी चलचित्र निर्माण कार्य अघि बढिरहेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा चलचित्रका लेखक एवं निर्देशक रामशरण पाठकले जानकारी दिनुभयो । “युवालाई नेपाल र नेपाली माटो बुझाउँदै समाजमा व्याप्त भ्रष्टाचारले पारेको प्रभावलाई चलचित्रमार्फत देखाउन खोजेका छौँ,” उहाँले भन्नुभयो । चलचित्रको कथा लेखन गर्नुभएकी रञ्जु प्रधानले नेपाली युवामा विदेश जाने र त्यहीँ हराउने प्रवृति बढिरहेको बताउँदै भ्रष्टाचार नहुने हो भने युवा पलायन रोकिने बताउनुभयो । 

शिक्षा नैतिकता र स्वच्छ चरित्र निर्माण गर्ने खालको हुनुपर्ने बताउँदै उहाँले समाजका यिनै बेथिति र यसले पारेको नकारात्मक असर चलचित्रमा देखाइने बताउनुभयो । लगभग रु एक करोड ६० लाखको लागतमा तयार हुने अनुमान गरिएको चलचित्रमा मनोज गजुरेल, राजाराम पौडेललगायतका कलाकारको भूमिका रहने पत्रकार सम्मेलनमा जानकारी दिइयो । भ्रष्टाचार समाज एवं राष्ट्र विकासको बाधक भएको बताउने सामाजिक अभियन्ता मञ्जु क्षेत्रीले चलचित्रले सामाजिक सचेतनामा महत्वपूर्ण योगदान पु–याउने विश्वास व्यक्त गर्नुभयो । (रासस)

ट्याग -  भ्रष्टाचार

SUGGESTED ARTICLES

img
लघु चलचित्र ‘अप्पन’ उत्कृष्ट

नेपाली सेनाद्वारा आयोजित २०७५ को लघु चलचित्र प्रतियोगितामा ‘अप्पन’ चलचित्र उत्कृष्ट घोषित भएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले जङ्गी अड्डास्थित सभामण्डपमा आज साँझ आयोजित समारोहमा उक्त चलचित्रका निर्माता कृष्णकुमार महतोलाई नगद रु दुई लाखसहित प्रशंसापत्र प्रदान गर्नुभयो । प्रतियोगितामा गगनकुमार श्रेष्ठको ‘चाहना’ र प्रद्युम्न मिश्रको ‘हातेमालो’ चलचित्र क्रमशः दोस्रो र तेस्रो घोषित भए ।


by RSS | May 15

img