mobile

सिटिजन बैंकले पाँच प्रतिशत लाभांश दिने

By RSS on Dec 12,2018 - 13:48

सिटिजन्स बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई पाँच दशमलव २६ प्रतिशत लाभांश दिने भएको छ । 

आर्थिक वर्ष २०७४/७५ को वितरणयोग्य नाफाबाट गत असार मसान्तसम्मको चुक्ता पूँजी रु आठ अर्ब तीन करोड ३२ लाख ३६ हजार ४०० को तीन दशमलव ६२ ले हुने रु २९ करोड १४ लाख ४५ हजार ७७३ शेयर लाभांश दिने भएको छ । यस्तै चुक्ता पूँजीको एक दशमलव ६३ प्रतिशले हुने रु १३ करोड १३ लाख ५६ हजार १४३ नगद लाभांश दिने प्रस्ताव गरेको छ । सोसम्बन्धी जानकारी बैंकको मङ्गलबार बसेको सञ्चालक समितिको बैठकले गरेको आज नेपाल स्टक एक्सचेञ्जलाई गराएको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र बैंकको साधारणसभाबाट पारित भएपछि लागू हुनेछ । बैंकले आव २०७४/७५ मा रु ९६ करोड ४९ लाख १२ हजार वितरणयोग्य नाफा आर्जन गरेको थियो । (रासस)

ट्याग -  लाभांश

SUGGESTED ARTICLES

img
डलर सटहीमा कडाइ

अमेरिकी डलर महँगो बन्दै गएका बेला मुलुकमा यसको सञ्चिति घटेपछि सरकारले विदेश जाने नेपालीलाई डलर सटहीमा कटौती गरेको छ । चालु आर्थिक वर्षको पाँच महिना मै विदेश जाने नेपालीले ४१ अर्ब ३३ करोड रुपैयाँ बराबरको अमेरिकी डलर बाहिरिएपछि राष्ट्र बैंकले सटही सुविधामा कटौती गरेको हो । यही अवधिमा विदेशीले ३१ अर्ब ८८ करोड रुपैयाँ बराबरको डलर नेपाल भित्र्याएका छन् ।


by Anu Rana | Jan 21

img