mobile

विराटनगरमा राष्ट्रिय सम्मेलन

By RSS on Dec 12,2018 - 15:07

नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिको पुस ४ र ५ गते विराटगरमा राष्ट्रिय सम्मेलन हुने भएको छ । राष्ट्रिय सम्मेलनलाई भव्य, व्यवस्थित तथा सफल बनाउन विभिन्न उपसमिति गठन गरिएको छ । 

नेपाल पत्रकार महासङ्घ प्रदेश नं १ का महासचिव विवेक गौतमका अनुसार उक्त सम्मेलनमा देशभरिका नेपाल पत्रकार महासङ्घका प्रदेश अध्यक्ष, महासचिव र शाखा अध्यक्षको सहभागिता रहने छ । मङ्गलबार बसेको व्यवस्थापन समितिको बैठकले सम्मेलनलाई सफल बनाउन सबै शाखालाई आ–आफ्नो क्षेत्रबाट योगदान दिन आह्वानसमेत गरेको छ । रासस

ट्याग -  राष्ट्रिय सम्मेलन

SUGGESTED ARTICLES

img
विप्लव समूहलाई राजनीतिक मूलधारमा ल्याइने

प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई चैतभित्र राजनीतिक मूलधारमा ल्याइने बताउनुभएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट निर्वाचित प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सांसदलाई सम्बोधन गदै उहाँले विप्लव समूहको अतिवादी क्रियाकलापलाई अन्त्य गरिने स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो, “सके राजनीतिक तवरबाट नसके जेलमा बसालेर भए पनि नक्कली कमरेडलाई राजनीतिक मूलधारमा ल्याइने छ ।”


by RSS | Mar 25

img