mobile

हाम्रा संस्कृति अमूल्य नीधि हुन् : राष्ट्रपति भण्डारी

By RSS on Dec 12,2018 - 15:29

राष्ट्रिपति विद्यादेवी भण्डारीले मर्यादा पुरुषोत्तम भगवान् श्रीराम र माता जानकीको विवाह सम्पन्न भई विवाह पञ्चमीले ख्याती प्राप्त भएको मार्ग शुक्ल पञ्चमी तिथिको पावन अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा शुभकामना व्यक्त गर्नुभएको छ । 

आज एक शुभकामना सन्देश जारी गर्नुहुँदै राष्ट्रपति भण्डारीले धार्मिक तथा सांस्कृतिक विविधतायुक्त हाम्रो संस्कृति हामी नेपालीको अमूल्य नीधि भएको बताउनुभएको छ । देश धार्मिक र सांस्कृतिक विविधताले सम्पन्न रहेको सन्देशमा उल्लेख गर्नुभएको छ । “प्राचीन सांस्कृतिक पर्व विवाह पञ्चमीले हामीहरुबीच आपसी मेलमिलाप, सद्भाव र सहिष्णुता सुदृढ पार्न सहयोग पु¥याएको छ । यसबाट हामीमा राष्ट्रिय एकताको भावना जागृत गरेको छ,” राष्ट्रपति भण्डारीद्वारा जारी गरिएको सन्देशमा उल्लेख छ । 

आदिकालमा ज्ञान, शिक्षा र सांस्कृतिक वैभवले सम्पन्न मिथिला भूमिमा रहेको आदर्श राज्य र राजर्षी जनकको महिमाको गायन युगौँयुगदेखि हुँदै आएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले यस्तो गौरवपूर्ण स्थलमा हुने विवाह पञ्चमी महोत्सवको आफ्नै ऐतिहासिक महत्व रहेको र यसले हामीलाई सधैँ गौरवान्वित बनाइरहने बताउनुभयो । विभिन्न क्षेत्र र भूभागमा बसोबास गर्ने थुप्रै आस्था र विश्वास बोकेका सम्प्रदायको उत्साहपूर्वक सहभागिता हुने यस पावन अवसरमा नेपालीहरुबीच आपसी मेलमिलाप, भातृत्व, सामाजिक सद्भाव, सहिष्णुता र असल छिमेकी सम्बन्ध सुदृढ बनाउन मद्दत पुगोस् भन्ने उहाँले शुभकामना व्यक्त गर्नुभएको छ । (रासस)

ट्याग -  नेपाली संस्कृति , अमूल्य नीधि

SUGGESTED ARTICLES

img
सहमति नजुटेकाले एकता प्रक्रियामा ढिलाइ

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सबै तल्ला तहमा सहमति नजुटेका कारण एकता प्रक्रियाले समय लिएको बताउनुभएको छ । मदन भण्डारी फाउण्डेशनद्वारा आयोजित ३ नम्बर प्रदेशस्तरीय भेलामा उहाँले स्थानीय तहदेखि नै सहमति जुट्न सके एकता प्रक्रिया सहज हुने उल्लेख गर्दै तल्ला तहमा सहमति जुट्न नसक्दा समय लागेको स्पष्ट पार्नुभयो ।


by RSS | Mar 21

img