mobile

वृद्धामाथि बलात्कारपछि हत्या प्रयास

By RSS on Dec 13,2018 - 11:08

केही दिनअघि मात्रै महिला हिंसाविरुद्धको १६ दिने अभियान सम्पन्न भए पनि नुवाकोट सदरमुकाममा मङ्गलबार मध्यराति एक वृद्धामाथि बलात्कार गरी हत्या गर्ने भएको घटना सार्वजनिक भएको छ । 
विदुर नगरपालिका–३ की महिला बेलकोटगढीस्थित माइतीबाट फर्कँदै गरेको अवस्थामा गाउँकै एक पुरुषबाट बलात्कृत भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भीमलाल भट्टराईले जानकारी दिनुभयो । राति १० बजे छिमेकी ५० वर्षीय रामशरण नेपालीले जबर्जस्ती करणीपछि ज्यान मार्ने प्रयास गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालयमा आज उजुरी दर्ता भएको छ । प्रहरीका अनुसार ती पुरुषले बलात्कार गरेपछि घटना सार्वजनिक हुने डरले वृद्धाको हत्या प्रयास गरेका थिए र तर वृद्धा प्रतिकारका लागि हारगुहार गरेपछि हत्या हुनबाट जोगिएकी थिइन् । हाल उहाँको काठमाडौँस्थित वीर अस्पतालको ट्रमा सेण्टरमा उपचार भइरहेको जनाइएको छ । 
यता अभियुक्त नेपालीलाई आजै प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिहेको र जिल्ला अदालत नुवाकोटमा मुद्दा दर्ताको तयारी गरिएको प्रहरीले बताएको छ । (रासस)

ट्याग -  हत्या प्रयास

SUGGESTED ARTICLES

img
महिलाको नाममा जग्गा लिनेको सङ्ख्या बढ्दै

बाजुरामा पछिलो समयमा महिलाको नाममा जग्गा लिनेको सङ्ख्यामा वृद्धि भएको छ । महिलाका नाममा जग्गा राख्दा लाग्ने राजश्व र पास गर्दा लाग्ने शुल्कमा २५ प्रतिशत छुट हुने हँुदा पछिल्लो समय महिलाको नाममा जग्गा लिनेको सङ्ख्यामा वृद्धि भएको जिल्ला मालपोत कार्यालय बाजुराले जनाएको छ । कार्यालय प्रमुख लक्ष्मणप्रसाद पाण्डेका अनुसार पछिल्लो समय महिलाको नाममा


by RSS | Jan 22

img