mobile

‘नेपाल यूएई फ्रेण्डसीप सोसाइटी’ गठन

By RSS on Dec 13,2018 - 11:13

नेपाल र संयुक्त अरब इमिरेट्स यूएईबीचको पर्यटन प्रवद्र्वन तथा सांस्कृतिक आदानप्रदान तथा मैत्री सम्बन्ध अझ बलियो बनाउने उद्देश्यले नेपाल यूएई फ्रेन्डसीप सोसाइटी गठन गरिएको छ । सोसाइटीको अध्यक्षमा लेखक मोहनकृष्ण श्रेष्ठ, उपाध्यक्ष जेपी सापकोटा, महासचिव दामोदर नेपाल, कोषाध्यक्ष ज्ञानु गजमेर, सदस्य हिमालयश्वरी मानन्धर, रविन्द्र दाहाल, मुकेश झा, सपना थापा शाह र अपराजिता खड्का रहेका छन् । 

संस्थाका सबै पदाधिकारी युएईको रोजगारीपछि नेपाल फर्केका हुन् । उक्त सोसाइटीको ५ सदस्यीय सल्लाहकार समितिमा क्याप्टेन प्रचण्डजंग शाह, रामेश्वर शाह, डा आसिफ अलि सिद्धिकी, मोहन शर्मा र विज्ञानजंग राणा रहेका छन् । सोसाइटीका अध्यक्ष श्रेष्ठले युएई र नेपालबीच सहयोग तथा सहकार्यको सम्भावना रहेकाले त्यसलाई साकार पार्न सोसाइटी उपयोगी हुने बताउनुभयो । (रासस)

ट्याग -  नेपाल यूएई , फ्रेण्डसीप सोसाइटी

SUGGESTED ARTICLES

img
बस दुर्घटनामा परी कम्तिमा ६० को मृत्यु

दुई बस एक आपसमा ठोक्किँदा शुक्रबार घानामा कम्तिमा ६० जनाको मृत्यु भएको छ । प्रहरी अधिकारीहरूका अनुसार यो दुर्घटना देशकै पहिल्लो समयको सवैभन्दा धेरै मानवीय क्षति भएको दुर्घटना हो । राजधानी कारकासदेखि ४३० किलोमिटर टाढा पर्ने बोनो पूर्वी क्षेत्रमा स्थानीय समय अनुसार राती २ बजे दुर्घटना भएको हो ।


by Anu Rana | Today, 10:47 AM

img