mobile

फुटबल अवार्डको मनोनयन

By RSS on Dec 13,2018 - 11:39

नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरणकुमार चेम्जोङ माल्दिभ्स फुटबल अवार्डको मनोनयनमा परेका छन् ।
माल्दिभ्स फुटबल डटकम र फुटबल एशोसियशन अफ माल्दिभ्सले संयुक्त रुपमा सार्वजनिक गरेको वर्षको उत्कृष्ट तीन गोल किपरको मनोनयनमा नेपाली गोलरक्षक किरण परेका हुन् । आगामी पुस ३ गते उक्त अवार्डको विजेता घोषणा गरिनेछ । 

किरण टिसी स्पोटर्स क्लबबाट माल्दिभ्सको राष्ट्रिय लिग खेल्दै आएका छन् । उनकै टोलीले यस वर्षको लिग जितेको छ । उनीसँग मोहम्मद फैसल र सुजन परेरासमेत मनोनयनमा परेका छन् । क्लबलाई लिग जिताउन महत्वपूर्ण भूमिका खेलेका कारण उनलाई मनोनयनमा राखिएको आयोजकले जनाएको छ । यसअघि नेपाली डिफेन्डर रोहित चन्दले पनि यसै हप्ता इण्डोनेसियामा उत्कृष्ट खेलाडीको अवार्ड जित्न सफल भएका थिए । (रासस)

ट्याग -  फुटबल अवार्ड

SUGGESTED ARTICLES

img
दोस्रो अन्तर्राष्ट्रिय शृङ्खला : ब्याटिङमा सुधार गर्नुपर्ने चुनौती

संयुक्त अरब इमिरेट्स (युएई) सँगको एकदिवसीय र टी–२० शृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली आज त्यसतर्फ प्रस्थान गर्दैछ । एक दिवसीय मान्यता पाएपछि नेपालको यो दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ । प्रशिक्षणका क्रममा नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले यूएइविरुद्धको शृङ्खला जित्नुनै मुख्य लक्ष्य भएको बताए । 


by RSS | Jan 22

img