mobile

महानगरीय प्रहरी प्रभाग कुपण्डोलको उद्घाटन

By RSS on Dec 13,2018 - 11:46

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले महानगरीय प्रहरी प्रभाग कुपण्डोलको उद्घाटन गर्नुभएको छ । नवनिर्मित भवन ललितपुर महानगरपालिका वडा नं १० कार्यालय तथा स्थानीयवासीको आर्थिक सहयोगमा निर्माण भएको हो । भवनको लागत रु २५ लाख २९ हजार १६० रहेको निर्माण समितिले बताएको छ । प्रहरी नायब महानिरीक्षक क्षेत्रीले सेवाग्राहीलाई चाँडो सेवा दिन प्रहरी कर्मचारीलाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “कार्यालय आइपुग्नासाथ सेवाग्राहीको कुरा बुझेर काम गर्नुपर्छ ।” 

यो कार्यालय विसं २०३७ मा अस्थायी प्रहरी विटका रुपमा स्थापना भएको थियो । विसं २०७२ मा विट महानगरीय प्रहरी प्रभागका रुपमा स्तरोन्नति भएको हो । भवन अभावका कारण प्रभागले टिनको टहराबाट सेवा दिन बाध्य भएको थियो । प्रभागमा अहिले प्रहरी निरीक्षकको नेतृत्वमा १५ जना प्रहरी कर्मचारी कार्यरत छन् । (रासस)

ट्याग -  महानगरीय प्रहरी प्रभाग , उद्घाटन

SUGGESTED ARTICLES

img
युद्ध भए इरान ध्वस्त हुनेछ': डोनाल्ड ट्रम्प  

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकासँग युद्ध गर्न खोजे इरान ध्वस्त हुने चेतावनी दिएका हुन्। ट्रम्पले ट्वीटरमा 'यदि इरान युद्ध लड्न चाहन्छ भने त्यो इरानको औपचारिक अन्त्य हुनेछ। त्यसैले अमेरिकालाई फेरि कहिल्यै नधम्काउनु' लेख्दै चेतावनी दिएका हुन्।


by Anu Rana | May 21

img