mobile

प्रविधिमा फड्को मार्दै लमही नगरपालिका

By RSS on Dec 13,2018 - 11:59

दाङको लमही नगरपालिकाले वेवसाइट पछि अहिले मोबाइल एप्स सञ्चालनमा ल्याएको छ । नगरवासीको सुविधाका लागि नगरपालिकाले आफ्नो कार्यालयका सम्पूर्ण सूचना तथा जानकारी छिटो र सजिलो तरिकाले उपलब्ध गराउने उद्देश्यले मोबाइल एप्स सञ्चालनमा ल्याइएको नगरप्रमुख कुलबहादुर केसीले जानकारी दिनुभयो । 

नगरका सूचना तथा जानकारी, बोलपत्र, दरभाउपत्र, पारित कानून, कार्यविधि, निर्णय, गर्ने सम्पूर्ण कार्य हेर्न सकिने गरी वेबसाइट निर्माण गरिएको नगरपालिकाका सूचना तथा सञ्चार प्रविधि अधिकृत नरेन्द्रकुमार गुप्ताले जानकारी दिनुभयो । सूचनालाई अपाङ्गमैत्रीपूर्ण बनाउन निम्न श्रव्य सूचनापाटीसमेत सञ्चालनमा ल्याइएको छ भन्दै उहाँले नमस्तेको सिम प्रयोगकर्ताले १६१८०८२५४०८५० नम्बर डायल गरेर नगरपालिकाका सूचना तथा जानकारी पाउन र सुन्न सक्नाका साथै टोल फ्री नं १६६०८२५४००० (नमस्ते सिमप्रयोग कर्ताका लागि मात्र) डायल गरी गुनासो गर्न सक्ने व्यवस्था मिलाइएको छ भन्नुभयो ।  (रासस)

ट्याग -  प्रविधि , लमही नगरपालिका

SUGGESTED ARTICLES

img
बस दुर्घटनामा परी कम्तिमा ६० को मृत्यु

दुई बस एक आपसमा ठोक्किँदा शुक्रबार घानामा कम्तिमा ६० जनाको मृत्यु भएको छ । प्रहरी अधिकारीहरूका अनुसार यो दुर्घटना देशकै पहिल्लो समयको सवैभन्दा धेरै मानवीय क्षति भएको दुर्घटना हो । राजधानी कारकासदेखि ४३० किलोमिटर टाढा पर्ने बोनो पूर्वी क्षेत्रमा स्थानीय समय अनुसार राती २ बजे दुर्घटना भएको हो ।


by Anu Rana | Today, 10:47 AM

img