mobile

वृद्धवृद्धालाई न्यानो कपडा वितरण

By RSS on Dec 13,2018 - 13:13

गोरखाको भीमसेन थापा गाउँपालिका–७ बोर्लाङमा वृद्धवृद्धालाई न्यानो कपडा वितरण गरिएको छ । वडा कार्यालयले वडाभित्रका सबै वृद्धवृद्धा र अपाङ्गता भएका व्यक्तिलाई कम्मल(ब्ल्याङ्केट) वितरण गरेको वडाध्यक्ष नारायण श्रेष्ठले जानकारी दिनुभयो । उक्त वडाभित्र रहेका २१७ वृद्धवृद्धा र २३ अपाङ्गता भएका व्यक्तिलाई न्यानो कपडा वितरण गरेको उहाँले बताउनुभयो । 
मङ्सिर महीना सकिनै लाग्दा अत्याधिक चिसो बढ्न थालेपछि वृद्धवृद्धामा बढी समस्या हुने भएकाले उहाँहरुलाई चिसोबाट जोगिन सजिलो होस् भनेर ७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको हो । 
चिसो मौसममा न्यानो कपडा नहुँदा अस्थायी टहरामा बस्दै आएको वृद्धवृद्धा कठ्याङ्ग्रिएर बस्नुपर्ने बाध्यता रहेको छ, वडाध्यक्ष श्रेष्ठले भन्नुभयो, भूकम्पले घर भत्किएर अस्थायी टहरामा बसेकालाई असाध्यै समस्या भएको देखेपछि न्यानो कपडा खरीद गरेर वितरण गरेका हौँ ।’ 

भूकम्प गएको साढे तीन वर्ष बितिसक्दा पनि अझै अस्थायी टहरामा रहेका भूकम्पपीडितहरु बिहान बेलुकी जस्ताले बेरेर बनाएकोे टहरामा बस्दा शीत चुहिने र बढी चिसो हुने हँुदा कष्टपूर्ण जीवन बिताउँदै आएका छन् । 

वडा नं ७ चाहापनी घर भएका ७५ वर्षीय सन्ते सार्कीले भन्नुभयो, “हामीले जिताएर पठाएका मान्छेले हाम्रो मर्का बुझ्ने रहेछन् ।” (रासस)

ट्याग -  कपडा वितरण

SUGGESTED ARTICLES

img
७२ वर्षमा नागरिकता

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको एक महिलाले ७२ वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र बनाउनुभएको छ । जिल्ला प्रशासन कार्यालयले नगरपालिकाको वडा नम्बर ११ स्थित टाटामा सञ्चालन गरेको शिविरमा राज्यले उपलब्ध गराउने विभिन्न सेवा सुविधाबाट बञ्चित भएपछि वडा नम्बर ६ की ढुरल्या बोहराले बल्ल ७२ वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र बनाउनुभएको सहायक प्रमुख जिल्ला अधिकारी शेरबहादुर पुनले जानकारी दिनुभयो ।


by RSS | May 21

img