mobile

आयोगमा वातावरण प्रदूषणसम्बन्धी उजुरी

By RSS on Dec 13,2018 - 13:29

राष्ट्रिय मानवअधिकार आयोगमा वातावरण प्रदूषणसँग सम्बन्धी उजुरी आउन थालेको छ । वायु प्रदूषण, नदीनाला प्रदूषण, खानेपानी प्रदूषणलगायतका वातावरणीय समस्याका उजुरी आउन थालेको आयुक्त सुदीप पाठकले बताउनुभयो । कतिपय औद्योगिक क्षेत्रमा रहेका उद्योगले अपनाउनुपर्ने सामान्य सावधानी अपनाएका छैनन् । बस्तीका बीचमा सञ्चालन भएका उद्योगले त्यस क्षेत्रमा बसोबास गर्न असहज भएको भन्दै उजुरी आइरहेको हो । उहाँले भन्नुभयो, “त्यसैले पनि मापदण्डअनुसार नचल्दा आफ्नो ठाउँमा बस्नै गाह्रो भएको भन्दै उजुरी आइरहेको छ ।” 

पहिलेभन्दा अहिले आयोगमा उजुरी कम भए पनि आएका उजुरीको प्रकृति बदलिएको आयोगले जनाएको छ । द्वन्द्वकालमा जघन्य अपराधसम्बन्धी मात्रै उजुरी आउँथ्यो । नागरिकमा जघन्य अपराधमा बाहेक आफ्नो अधिकार हनन भएकामा सचेत थिएनन् । अहिले भने नागरिकमा सचेतना आउँदा वातावरण प्रदूषण, खाद्यान्नमा मिसावट, वैदेशिक रोगजारीमा देखिएका समस्यासम्बन्धी उजुरी आइरहेका छन् । उहाँले भन्नुभयो, “पहिलेभन्दा अहिले फरकफरक खालका उजुरी आइरहेको छ ।” वातावरण प्रदूषणले नागरिकमा असर परेको भन्दै उजुरी आइरहँदा आयोगले सरकारलाई वातावरणमा प्रतिकूल असर नपर्ने गरेर उद्योग सञ्चालन गराउन सिफारिश गरेको छ । आयोगले सरकारलाई नियमित रूपमा अनुगमन र गल्ती भेटिँदा कारवाही गर्न सरकारलाई भनेको छ । (रासस)

ट्याग -  उजुरी

SUGGESTED ARTICLES

img
बालिका एघार दिनदेखि बेपत्ता

उत्तरी पर्वतको जलजला गाउँपालिका–७ धाइरिङकी एक बालिका विगत ११ दिनदेखि बेपत्ता बनेकी छिन् । चैत २ गते दिउँसो १२ बजे घाँस काट्न भन्दै खेतमा गएकी १४ वर्षीया सुनिता रिजाल अझैसम्म पनि सम्पर्कमा आएकी छैनन् । गहुँगोरो अनुहार भएकी, खैरो कपाल गरेकी अन्दाजी पाँच फिट उचाइ भएकी रिजाल घरभन्दा केही तलको सल्यानफाँटमा घाँस काट्न भनी गएको तर अहिलेसम्म नफर्किएको स्थानीय


by RSS | Today, 11:44 AM

img