mobile

विश्वको आधा भन्दा बढि जनसंख्या इन्टरनेटको पहुँचमा  

By Anu Rana on Dec 14,2018 - 10:02

विश्वको कुल जनसंख्याको आधा भन्दा बढि मानिस इन्टरनेटमा जोडिएका छन् । हालै सार्वजनिक इन्टरनेटशनल टेलिकम्यूनिकेसन यूनियन(आईटियू) ईन्टरनेशनल टेलेकोम्मुनिकसन उनिओन (इटु) को अध्ययन अनुसार सन् २०१८ को अन्त्यसम्म कुल जनसंख्यामध्ये ३ अर्ब ९० करोड मानिसहरु इन्टरनेट प्रयोग गरिरहेका छन् ।

इन्टरनेसनल टेलिकम्युनिकेसन युनियनको तथ्यांक अनुसार पहिलो पटक विश्वको आधा भन्दा बढि जनसंख्या अनलाइनमा हुने देखिएको छ । विश्वमा इन्टरनेटमा जोडिने जनसंख्याको मूख्य आधार विकासशिल मुलुकहरुमा बढ्दो इन्टरनेटको पहुँच रहेको छ । विकासशिल मुलुकहरुमा सन् २००५ को तुलनामा हेर्दा ७.७ प्रतिशतको इन्टरनेट पहुँच बढेर हाल सन् २०१८ मा ४५.३ प्रतिशत पुगेको छ ।

आईटियूका सबै क्षेत्रहरुमध्ये तिब्र गतिमा वृद्धि भएको क्षेत्र अफ्रिका देखिएको छ, जहाँ सन् २००५ मा २.१ प्रतिशत इन्टरनेट पहुँच भएकोमा सन् २०१८ मा २४.४ प्रतिशत मानिसहरुले इन्टरनेट प्रयोग गरिरहेका देखिएको छ । त्यसैगरि विकसित मुलुकहरुमा भने सुस्त र स्थित वृद्धि देखिएको छ, जहाँ सन् २००५ मा ५१.३ प्रतिशतले इन्टरनेट प्रयोग गरिरहेकोमा सन् २०१८ मा ८०.९ प्रतिशत मानिसहरु इन्टरनेटको पहुँचमा रहेका छन् ।

अरब मुलुकहरुमा ५४.७ प्रतिशत मानिसहरु इन्टरनेट प्रयोग गरिरहेका छन भने एशिया प्यासिफिक क्षेत्रमा ४७ प्रतिशत मानिसहरुले इन्टरनेट प्रयोग गर्ने गर्दछन् । विश्वमा सबैभन्दा न्यून वृद्धि यूरोप र अमेरिकामा देखिएको छ, जसमध्ये यूरोपमा ७९.६ प्रतिशत प्रयोगकर्ता रहेका छन भने अमेरिकामा ६९.६ प्रतिशत प्रयोगकर्ता रहेका छन् । आईटीयूको प्रतिवेदनअनुसार सन् २००७ मा मोबाइल ब्रोडब्यान्डको पहुँच प्रतिसय चार जनामै मात्रै सीमित थियो।

यो सन् २०१८ को अन्त्यसम्म आइपुग्दा ६९.३ मा पुगेको छ। त्यसमध्ये एसिया प्रशान्त, अरब मुलुक र अफ्रिकामा मोबाइल ब्रोडब्यान्डको वृद्धिदर अत्यधिक छ। विकसित राष्ट्रमा मोबाइल ब्रोडब्यान्डको पहुँच सन् २००७ मा प्रत्येक सयमा रिोबाट वृद्धि भएर २८.४ मा आइपुगेको तथ्यांकमा उल्लेख छ। रिपोर्टअनुसार विश्वभर सन् २०१८ आधाभन्दा बढी घरधुरीसँग कम्तीमा एउटा कम्प्युटर छ, जुन सन् २००५ मा कुल घरधुरीमध्ये एक चौथाईसँग मात्र थियो। विकसित मुलुकमा ८३.२ प्रतिशत घरधुरीसँग कम्प्युटर छ। विकासशिल मुलुकमा त्यस्तो प्रतिशत ३६.३ रहेको तथ्यांकले देखाएको छ।

आईटीयूका अनुसार विश्वको जनसंख्यामध्ये ९६ प्रतिशत मानिस मोबाइल सेल्युलर नेटवर्कको पहुँचमा पुगेका छन। त्यसमध्ये ९० प्रतिशत थ्रीजी अथवा त्योभन्दा तीव्र गतिको नेटवर्कमा जोडिएको उल्लेख छ। आईटीयूका महासचिव होउलिन झाओले भने, ‘५० प्रतिशतभन्दा बढी मानिस इन्टरनेट प्रयोगकर्ता बनेका छन्। यो विश्वको सूचना समाजलाई थप समावेसी बनाउन एउटा महœवपूर्ण कदम भएको छ।’ उनले अझै पनि डिजिटल अर्थतन्त्रको फाइदाबाट थुपै्र मानिस बाहिर रहेकाले त्यसलाई समेट्न थप लगानी गर्न उत्प्रेरित गरेका छन्।

ट्याग -  विश्वको आधा भन्दा बढि जनसंख्या इन्टरनेटको पहुँचमा  

SUGGESTED ARTICLES

img
अमेरिकामा साइबर संकटकालको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी अधिकार प्रयोग गर्दै विदेशी साइबर हमलाको अवस्थाबाट अमेरिकी कम्प्युटरलाई बचाउनका लागि राष्ट्रिय संकटकाल घोषणा गरेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले बुधबार एक कार्यकारी आदेश जारी गर्दै राष्ट्रिय संकटकालको घोषणा गरेका हुन् ।


by Anu Rana | May 20

img