mobile

हारजीत जिन्दगीको हिस्सा हो मोदीले ट्विटमा भने

By Anu Rana on Dec 14,2018 - 10:01

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हारजीत जिन्दगीको हिस्सा भएको बताएका छन् ।पाँच राज्यको विधानसभा निर्वाचन परिणाम सार्वजनिक भएपछि उनले सामाजिक सञ्जाल ट्विटरमा यस्तो धारणा व्यक्त गर्नुभ्एको हो ।

बहुमतसहित केन्द्रमा सरकार चलाइरहेको भारतीय जनता पार्टी भाजपाले अघिल्लो निर्वाचनको तुलनामा १८५ सिट गुमाएपछि मोदीले भने — म कार्यकर्ताको मिहनेतलाई सलाम गर्छु’, उनले मंगलबार ट्विटरमा लेखेका हुन्, ‘हारजीत जिन्दगीको हिस्सा हो ।’

विधानसभा चुनावमा आफ्ना कार्यकर्ताले दिनरात मिहिनेत गरेको भन्दै उनले प्रशंसा गरेका छन् । अर्को ट्विट गर्दैै मोदीले विजय भएकोमा कांग्रेसलाई बधाई दिएका छन् ।

विधानसभा चुनावमा आफ्ना कार्यकर्ताले दिनरात मिहिनेत गरेको भन्दै उनले प्रशंसासमेत गरेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र नतिजा सार्वजनिक भएलगत्तै मोदीले जनताको म्यान्डेट स्विकार्य भएको बताएका छन् । ट्विटरमा भनेका छन्, ‘हामी जनताको म्यान्डेट विनम्रतापूर्वक स्विकार गर्दछौं ।’

२०१३ को निर्वाचनमा बहुमत दिएकोमा छत्तीसगढ, मध्यप्रदेश र राजस्थानका जनतालाई धन्यवाद भनेका छन् । तीनवटै राज्यमा आफ्नो पार्टीको सरकारले अथक रुपमा जनताको काम गरेको उनको भनाइ छ ।

मध्यप्रदेशमा ५७, राजस्थानमा ९० र छत्तीसगढमा ३४ सिट गुमाएको भाजपा तीन वटै राज्यमा दोस्रो ठूलो दल बनेको छ ।

ट्याग -  हारजीत जिन्दगीको हिस्सा हो मोदीले ट्विटमा भने

SUGGESTED ARTICLES

img
बस दुर्घटनामा परी कम्तिमा ६० को मृत्यु

दुई बस एक आपसमा ठोक्किँदा शुक्रबार घानामा कम्तिमा ६० जनाको मृत्यु भएको छ । प्रहरी अधिकारीहरूका अनुसार यो दुर्घटना देशकै पहिल्लो समयको सवैभन्दा धेरै मानवीय क्षति भएको दुर्घटना हो । राजधानी कारकासदेखि ४३० किलोमिटर टाढा पर्ने बोनो पूर्वी क्षेत्रमा स्थानीय समय अनुसार राती २ बजे दुर्घटना भएको हो ।


by Anu Rana | Today, 10:47 AM

img