mobile

नेपाल–चीन परामर्श संयन्त्र बैठक सम्पन्न

By Anu Rana on Dec 14,2018 - 10:00

नेपाल–चीन द्विपक्षीय परामर्श संयन्त्रको १२औँ बैठक चीनको राजधानी बेइजिङमा बिहिबार सम्पन्न भएको छ । सचिवस्तरीय संयन्त्रको उक्त बैठकमा नेपालको प्रतिनिधित्व परराष्ट्र सचिव शङ्करदास बैरागी र उनका चिनियाँ समकक्षी कोङ हुनयूले गरेका थिए ।

बैठकमा दुई देशबीच पारस्परिक सम्बन्धका समग्र पाटोमा विचार विमर्श भएको र ती सबै छलफल फलदायी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

विगतमा भएका सहमति समझदारीलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न नेपाल र चीनले सहमति जनाउनुका साथै आपसीहितका निम्ति उच्चस्तरीय भ्रमण आदानप्रदानको महत्वमा उनिहरुबीच विमर्श भएको थियो ।

नेपाल–चीन सहायताका सन्दर्भमा नेपाली पक्षले आफ्ना प्राथमिकताबारे चीनलाई अवगत गराएको र त्यसैक्रममा दुवै देशले साझा चासोका क्षेत्रीय र अन्तर्राष्ट्रिय मामिलामा छलफल गरेका थिए ।

बैठकमा चीनले नेपाललाई सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेको थिया । त्यसअघि चीनका स्टेट काउन्सिलर वाङ यीसँग सचिव वैरागीले शिष्टाचार भेट गरी द्विपक्षीयहित र चासोका विविध विषयमा परामर्श गरेका थिए। नेपाली प्रतिनिधिमण्डलका अन्य सदस्यमा चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, परराष्ट्र मन्त्रालयका सहसचिव गणेशप्रसाद ढकाल, बेइजिङस्थित नेपाली दूतावासका उपप्रमुख सुशील लम्साल तथा अन्य सरकारी अधिकारीको सहभागिता थियो। रासस

 

ट्याग -  नेपाल–चीन परामर्श संयन्त्र बैठक सम्पन्न

SUGGESTED ARTICLES

img
बस दुर्घटनामा परी कम्तिमा ६० को मृत्यु

दुई बस एक आपसमा ठोक्किँदा शुक्रबार घानामा कम्तिमा ६० जनाको मृत्यु भएको छ । प्रहरी अधिकारीहरूका अनुसार यो दुर्घटना देशकै पहिल्लो समयको सवैभन्दा धेरै मानवीय क्षति भएको दुर्घटना हो । राजधानी कारकासदेखि ४३० किलोमिटर टाढा पर्ने बोनो पूर्वी क्षेत्रमा स्थानीय समय अनुसार राती २ बजे दुर्घटना भएको हो ।


by Anu Rana | Today, 10:47 AM

img