mobile

जावलाखेल विजयी

By RSS on Dec 13,2018 - 22:18

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आज भएको खेलमा जावलाखेल युथ क्लबले सशत्र प्रहरीको एपिएफ क्लबलाई पराजित गरेको छ । 

हल्चोकस्थित एपिएफको मैदानमा जावलाखेलले एपीएफलाई १–० गोल अन्तरले हराएको हो । जावलाखेलका लागि विदेशी खेलाडी ओलालेकन आफिज लावलले निर्णायक गोल गरे । उनले खेलको ५९औँ मिनेटमा गोल हाने । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलमा जावलाखेलका राकेश हमालले म्यान अफ दि म्याच घोषित हुँदै रु १० हजार प्राप्त गरे । जितसँगै जावलाखेल सात अङ्कसहित दशौँ स्थानमा उक्लिएको छ । एपिएफ १० अङ्क जोडेर आठौँ स्थानमा छ । (रासस)

ट्याग -  ‘ए’ डिभिजन लिग

SUGGESTED ARTICLES

img
दोस्रो अन्तर्राष्ट्रिय शृङ्खला : ब्याटिङमा सुधार गर्नुपर्ने चुनौती

संयुक्त अरब इमिरेट्स (युएई) सँगको एकदिवसीय र टी–२० शृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली आज त्यसतर्फ प्रस्थान गर्दैछ । एक दिवसीय मान्यता पाएपछि नेपालको यो दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ । प्रशिक्षणका क्रममा नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले यूएइविरुद्धको शृङ्खला जित्नुनै मुख्य लक्ष्य भएको बताए । 


by RSS | Jan 22

img