mobile

विकट वडामा ट्र्याक खोलिँदै

By RSS on Dec 14,2018 - 10:25

तुलसीपुर उपमहानगरपालिकाले विकट वडामा बाटोको ट्र्याक खोल्नुका साथै साँघुरो बाटोलाई पनि फराकिलो पार्न थालेको छ।  यस आर्थिक वर्षमा उपमहानगरपालिकाले विकट वडा १, ३, ४ र १३ का विभिन्न गाउँमा बाटो पु–याउन काम गरिरहेको र दुई वर्षभित्रमा उपमहानगरमा बाटो नपुगेको ठाउँ नहुने उपमहानगरप्रमुख घनश्याम पाण्डेले बताउनुभयो । 

वडान नं ४ का वडाध्यक्ष बालकृष्ण पुनले भन्नुभयो, “पर्यटकीयस्थल चमेरे गुफा र मुलकोटसम्म बाटो पु–याउनुका साथै वर्षात्को समयमा बाढीपहिरोले बन्द गराएका सबै बाटो खुलाउने भएको छ ।” उपमहानगरपालिकाले गत आर्थिक वर्षमा विकासका कामलाई अगाडि वढाउनका लागि दुई जेसिबी, दुई ट्रक र एउटा रोलर किनेर प्रयोगमा ल्याएकाले नयाँ ट्र्याक खोल्न र ग्राभेल गर्न सहज भएको नगरप्रमुख पाण्डेले बताउनुभयो । वडा कार्यालयको निवेदनमा क्रमानुसार ती उपकरणलाई प्रयोग गरिने यान्त्रिक शाखा प्रमुख मधुकर डाँगीले बताउनुभयो । रासस

ट्याग -  विकट वडा , ट्र्याक

SUGGESTED ARTICLES

img
युद्ध भए इरान ध्वस्त हुनेछ': डोनाल्ड ट्रम्प  

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकासँग युद्ध गर्न खोजे इरान ध्वस्त हुने चेतावनी दिएका हुन्। ट्रम्पले ट्वीटरमा 'यदि इरान युद्ध लड्न चाहन्छ भने त्यो इरानको औपचारिक अन्त्य हुनेछ। त्यसैले अमेरिकालाई फेरि कहिल्यै नधम्काउनु' लेख्दै चेतावनी दिएका हुन्।


by Anu Rana | May 21

img